• १२ असोज २०८१, शनिबार

सिबिफिन र आईएमएफबीच छलफल

blog

काठमाडौँ, मङ्सिर १९ गते । बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)ले अर्थतन्त्रका विभिन्न विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेजसँग छलफल गरेको छ ।

छलफलमा सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले बैङ्क तथा वित्तीय संस्थाले लिने सेवा शुल्क, ब्याजदर, लगानीयोग्य रकमको अभावलगायतका विषयले बैङ्क तथा वित्तीय संस्थामा चुनौती सिर्जना हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै नेपालको आर्थिक एवं बैङ्किङ क्षेत्रको सुधार र स्तरोन्नतिका क्षेत्रमा सहकार्य गर्न आईएमएफका प्रतिनिधिसमक्ष आग्रह गर्नुभयो ।

सो अवसरमा आईएमएफका आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजले अहिले नेपालको मात्र नभई विश्व अर्थतन्त्रको अवस्था जटिल बन्दै गएको चर्चा गर्दै संयुक्त राज्य अमेरिका र युरोपमा समेत आन्तरिक माग र आपूर्तिको अवस्था खल्बलिँदा ब्याजदरसमेत उच्च भई मुद्रास्फीति बढेको बताउनुभयो । वर्तमान विषम परिस्थितिलाई सहज बनाउन सबै देशले आफ्नो मौद्रिक नीतिमार्फत सावधानीपूर्वक परिस्थितिसँग सामना गर्न तयार हुनुपर्ने उहाँले बताउनुभयो ।