• ९ मंसिर २०८१, आइतबार

लमजुङमा देव र पृथ्वीसुब्बा गुरुङबीच कडा प्रतिस्पर्धा

blog

नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ र नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङ । तस्विर : बेलिना थापा, लमजुङ समाचारदाता ।

बेलिना थापा 

लमजुङ, मङ्सिर ७ गते । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को मतगणनामा प्रतिनिधि सभातर्फ नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ र नेकपा माओवादी केन्द्रमा देवप्रसाद गुरुङबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

५३ हजार पाँच सय १२ मतगणना गर्दा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ अगाडि हुनुहुन्छ । उहाँ तीन सय ८ मतले अगाडि हुनुहुन्छ । गुरुङले हालसम्म २२ हजार चार सय ३८ मत पाउनुभएको छ । नेकपा माओवादी केन्द्रका महासचिव गुरुङले २२ हजार एक सय ३० मत ल्याउनुभएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले पाँच हजार ७ सय ४८, मङ्गोल नेशनल अर्गनाइजेशनका विकास गुरुङले तीन सय ९९, राप्रपाका बालचन्द्र श्रेष्ठले आठ सय ६९ मत पाउनुभएको छ । 

जसपाका नरेन्द्रबहादुर गुरुङले १ सय १२, आमूल परिवर्तन मसिहा पार्टीका नन्दजंग गुरुङ ४८, नेपाली कांग्रेस विपीका लक्ष्मीकान्त पौडेलले ४१, नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापतिले १८, राप्रपा नेपालका टकबहादुर गुरुङले २६ र स्वतन्त्र उम्मेदवार चन्दन बस्यालले १८ मत पाउनुभएको छ । 

यस्तै प्रदेश सभा ‘१’ मा नेपाली कांग्रेसका टकराज गुरुङ अगाडि हुनुहुन्छ । २३ हजार ६ सय ४८ मतगणना गर्दा ४ हजार ५२ मतले नेपाली कांग्रेसका गुरुङ अगाडि हुनुहुन्छ। उहाँले १२ हजार ९९३ मत  पाउनुभएको छ । नेकपा एमालेका जमिन्द्रमान घलेले ८ हजार ९ सय ४१ मत पाउनुभएको छ । 

प्रदेश सभा ‘२’ मा २९ हजार ८ सय ५७ मतगणना गर्दा नेकपा एमालेका कृष्णप्रसाद अधिकारी ९ सय ३६ मतले अगाडि हुनुहुन्छ । अधिकारीले १३ हजार ९ सय ५१ मत पाउनुभएको छ । नेपाली कांग्रेसका भेषबहादुर पौडेलले १३ हजार १५ मत पाउनुभएको छ । राप्रपाका ततबहादुर गुरुङले १ हजार ६ सय ६२ मत पाउनुभएको छ ।