• १२ साउन २०८१, शनिबार

मतदान सकियो (फोटो फिचर)

blog

तस्बिर : मनोजरत्न शाही

काठमाडौं, मङ्सिर ४ गते। निर्वाचन आयोगले निर्धारित गरेको बिहान ७ बजेदेखि अहिले ५ बजेसम्मको मतदानको अवधि सकिएको छ। मतदान अधिकृतले तोकेको मतदान केन्द्रको क्षेत्रभित्र प्रवेश गरेका मतदाताले मताधिकार प्रयोग गर्न पाउने छन्। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ५ बजेसम्म मतदान अधिकृतले तोकेको क्षेत्रभित्र प्रवेश गर्ने मतदाताले मतदान गर्न पाउने बताउनुभयो।

देशभर १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र कायम गरिएका थिए। निर्वाचन आयोगका अनुसार १४१ अस्थायी मतदानस्थलमा भने शत प्रतिशत मतदान भएको छ। 


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।