• १३ असोज २०८१, आइतबार

एमाले उपाध्यक्ष पाण्डेद्वारा मतदान

blog

नेकपा एमालेका उपाध्यक्ष तथा चितवनको निर्वाचन क्षेत्र नं. १ का उमेदवार सुरेन्द्र पाण्डे । तस्बिर : शालिग्राम नेपाल ।

शालिग्राम नेपाल । 

चितवन, मङ्सिर ४ गते । नेकपा एमालेका उपाध्यक्ष तथा चितवनको निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार सुरेन्द्र पाण्डेले मतदान गर्नुभएको छ । उहाँले राप्ती नगरपालिकाको भण्डारा अस्पताल केन्द्रमा मतदान गर्नुभएको हो । 

२०७० र २०७४ सालमा भएको निर्वाचनमा विजयी उपाध्यक्ष पाण्डे अहिले यसै क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ । 

१६२ मतदान स्थल रहेको चितवनमा ४६० केन्द्र तोकिएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा एक लाख ३९ हजार ८४५ मतदान रहेका छन् । क्षेत्र नम्बर १ मा एक लाख २४ हजार २१४ र ३ मा एक लाख ४४ हजार २८३ जना रहेका छन् । 

मतदान स्थलमा बिहानदेखि नै मतदाताको ठुलो उपस्थिति रहेको छ ।