• ८ मंसिर २०८१, शनिबार

सोलार प्यानलको सरसफाइ (फोटो फिचर)

blog

बिजुली बजारमा रहेको सोलार प्यानल सफा गर्दै सिटी सोलारका कर्मचारी । तस्बिर: केशब गुरुङ

काठमाडौं, कात्तिक २९ गते ।  सिटी सोलारले काठमाडौं महानगरपालिकामा जडित सोलार प्यानल सफा गर्न थालेको  छ । जाडो मौसम लागेसंँगै सडक सुख्खा हुँदा धुलो, धुवाँ धेरै हुने भएकोले सोलार प्यानल सफा गर्न थालिएको हाे । फोहोर भएका कारण बबरमहल, बिजुली बजार र बानेश्वर क्षेत्रमा साेलार प्यानल सफा गर्न थालिएको हो । एक दिनमा ४७ देखि ५० ओटा सोलार प्यानल सफा गर्ने सिटी सोलारका कर्मचारीले बताएका छन् । केही वर्ष अघि काठमाडौं महानगरपालिकाले विभिन्न ठाउँँमा उज्यालोका लागि सोलार बत्ती जडान गर्न ठेक्का आह्वान गरेको थियो । सोलार जडान गर्ने ठेक्का सिटी सोलारले पाएको थियो । सोलार जडानपछि प्रत्येक वर्ष सोलार सरसफाइको काम पनि सिटी सोलारले नै गर्दै आएको छ ।





Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।