• २३ वैशाख २०८१, आइतबार

तस्बिरमा नवौं खेलकुद

blog

महिला ज्याभ्लिन थ्रोमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेपछि डेढ वर्षकी छोरीसँग खुशी साट्दै नेपाल पुलिसकी चन्द्रकला लाम्गाडेले। तस्बिर : विकास द्वारे

तस्बिर : विकास द्वारे


 नेपालका नम्बर एक ब्याड्मिन्टन खेलाडी प्रिन्स दाहाल नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत ब्याड्मिन्टनको पुरुष एकलमा जितेको ट्रफी र स्वर्ण पदक देखाउँदै।


महिला बक्सिडको ५४ केजी तौल समूहमा स्वर्ण पदक जित्ने आर्मीकी वर्षा श्रेष्ठ, रजत पदक विजेता प्रदेश १ की सुस्मिता राई तथा काश्य पदक विजेता निसा तामाङ र सुदूरपश्चिम प्रदेशकी अनुजा तामाङ।


पुरुष बक्सिड ६० केजीमा स्वर्ण पदक आर्मीका पुरन सुनुवार, रजत पदक विजेता लुम्बिनीका अनिल कुमार पुन मगर र कायश् पदक विजेतादय बाग्मतीका सुलभ माली र गण्डकी निश्चल गुरुङ पोडियममा।


रसिला महर्जन ब्याड्मिन्टन महिला एकलमा जितेको ट्रफी र स्वर्ण पदक देखाउँदे।


टेबल टेनिसको पुरुष एकलमा स्वर्ण पदक विजेता श्यान्टु श्रेष्ठ, रजत पदक विजेता रुवेन महर्जन र काश्य पदक जित्नेहरु प्रदीप रोका र संयोग कपाली।


टेबल टेनिसमा ६ स्वर्ण, दुई रजत र चार काश्य पदकसहित टिम च्याम्पियन हुने नेपाली पुलिस टिमको टोली।


टेबलटेनिसमा पुरुष एकल च्याम्पियन श्यान्टु श्रेष्ठ र महिला एकल च्याम्पियन नविता श्रेष्ठ।


पुरुष आठ सय मिटर दौडमा १ मिनेट ५४.०८ सेकेन्ड समय लगाएर स्वर्ण पदक जितेपछि नेपाल आर्मीका सोमबहादुर कुमाल।


महिला आठ सय मिटर दौडमा स्वर्ण पदक जितेपछि एपीएफकी फुलमती राना संगठनको झन्डा फहराउँदै।


पाँच हजार मिटर दौडमा स्वर्ण पदक जितेपछि  स्पाइक जुत्तालाई ढोग्दै सन्तोषी श्रेष्ठ।


पाँच हजार मिटर दौडमा प्रतिस्पर्धा गर्दे सन्तोषी श्रेष्ठ र राजपुरा पछाई।