• १२ असार २०८१, बुधबार

निर्वाचनपछि प्रधानमन्त्री बन्ने कोइरालाको दाबी

blog

मीना कंडेल

कावासोती, असोज २३ गते । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ नवलपुर क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले मनोनयन दर्ता गर्नुभएको छ । 

आसन्न प्रतिनिधिसभाको निर्वाचनमा नवलपुर १ बाट आइतबार उहाँले उम्मेदवारी दर्ता गर्नुभयो । नेता कोइरालाले आफुले तीन पटक चुनाव जितेको र यस पटक निर्वाचन अन्तिम भएको बताउनुभयो ।  

कांग्रेसका केन्द्रीय सदस्य डा. कोइरालाले निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने दाबी गर्नुभयो । निर्वाचन अधिकृतको कार्यालय कावासोतीमा मनोनय दर्ता गरेपछि पत्रकारसँग कुरा गर्दै कोइरालाले आफू यस पटकको निर्वाचनमा विजय भएपछि प्रधानमन्त्री बन्ने बताउनुभएको हो ।

त्यसैगरी नवलपुर २ मा कांग्रेसका विष्णुकुमार कार्कीले केन्द्रीय निर्वाचन आयोग काठमाडौंमा उम्मेदवारी दर्ता गराउनुभयो । त्यसैगरी प्रदेशतर्फ १ को (क) मा कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसी, १ को (ख) मा माओवादीका लोकप्रसाद भुर्तेल, २ को (क) मा कृष्ण शर्मा गैरे २ को (ख) मा एकीकृत समाजवादी पार्टीका गोपाल खनालले मनोयन दर्ता गर्नुभयो ।