• १८ साउन २०८२, आइतबार

जिप दुर्घटनामा दुईजनाको मृत्यु

blog

सल्यान, असोज १५ गते । सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका ७ डुमकोटबाट शारदा नगरपालिका ११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप  बिहान कुमाख गाउँपालिका ७ चिसापानीमा दुर्घटना भएको हो । 

दुर्घटनामा परी कुमाख गाउँपालिका ७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मानबहादुर पुन र अन्दाजी १४ वर्षीया एनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उकालोमा ब्याक गर्ने क्रममा दुर्घटना हुँदा जिप सडकबाट करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो । 

दुर्घटनामा परी घाइते भएकाहरूको उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याइँदै गरेको र घाइते कति छन् भन्ने यकिन नभएको प्रहरीले जनाएको छ । 

Author

प्रतीक इच्छुक शर्मा