• १३ साउन २०८१, आइतबार

संविधान दिवसको अवसरमा काठमाडौंमा एमालेको पदयात्रा (फोटो फिचर)

blog

तस्बिर : केशव गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, असोज १ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संविधान दिवस २०७९ को पूर्वसन्ध्यामा आज शनिबार बिहान काठमाडौंमा पदयात्रा सम्पन्न गरेको छ । विभिन्न ठाउँबाट पदयात्रा गर्दै वसन्तपुरमा गएर कार्यक्रम सम्पन्न गरिएको थियो । सो अवसरमा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस राष्ट्रिय पर्वको रुपमा मनाइनुपर्ने बताउनुभयो ।

कैयौं सङ्घर्ष, बलिदानी र अथक प्रयासबाट प्राप्त संविधानको रक्षामा सबै नेपालीलाई जुट्न उहाँले आग्रह गर्नुभयो । लोकतन्त्र, राष्ट्रियता र नेपालको अखण्डताका लागि गोलबद्ध हुन अध्यक्ष ओलीले देश विदेमा रहनुभएका सबै नेपालीमा आव्हान गर्नुभयो । 

एमालेका अध्यक्षसहित पार्टीका शीर्ष नेताहरुसहितको पदयात्रामा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुले नेपालको झण्डा, चुच्चे नक्सा तथा व्यानर लिएर प्रदर्शन गर्नुभएको थियो । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा देशको लोकतन्त्र, मुलुकको स्वाधीनता, संविधानको रक्षा, सुशासन, देशको समृद्धि तथा राष्ट्रिय स्वाभिमान हार्न नहुने अध्यक्ष ओलीले चर्चा गर्नुभयो । २०७२ असोज ३ गते देशमा नयाँ संविधान जारी भएको थियो ।