• १३ साउन २०८१, आइतबार

म्याद गुर्जिएका औषधी रहेको गोदाममा सिलबन्दी

blog

औषधी गोदाममा म्याद गुर्जिएका औषधी रहेको पाइएपछि सिलबन्दी गरिदैँ । तस्बिर : दिपकप्रसाद गौतम

दिपकप्रसाद गौतम

वीरगञ्ज, भदौ २१ गते । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जको आदर्शनगरमा रहेको जि फर्मा लिंक प्रा.लि.को औषधी गोदाममा म्याद गुर्जिएका औषधी रहेको पाइएपछि सिलबन्दी गरेको छ । 

ठूलो परिमाणमा औषधी भण्डारण गरी राखिएको उक्त गोदाममा कति म्याद गुर्जिएका औषधी छन् यकिन जानकारी नभएको करिब ५ वर्ष पहिले नै म्याद गुर्जिएका औषधी पनि पाइएकाले गोदाममा नै सिलबन्दी गरिएको प्रशासन कार्यालयले जनाएको छ । 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको नेतृत्वमा गएको अनुगमन टोलिले उक्त औषधी गोदाममा सिलबन्दी गरेको हो । 

वाणिज्य कार्यालय, औषधी व्यवस्था कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय, उपभोक्त हित संरक्षण मञ्च, नेपाल प्रहरी र सञ्चारकर्मीहरुको सयुक्त अनुगमन टोलीले गोदाममा रहेको जि फर्मा लिंक प्रा.लि.को कार्यालयका मैनेजर प्रदीप श्रेष्ठलाई आवश्यक बिभिन्न कागजातसहित तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन लिखित आदेश दिएको छ ।

वीरगञ्जको आदर्शनगरमा नै रहेको खाली जग्गामा ठूलो परिमाणमा म्याद गुर्जिएका औषधी फालिएको पाइएपछि औषधी अज्ञात स्थलमा स्थान्तरण गरिसकिएको पाइएको उपभोक्त हित संरक्षण मञ्च वीरगञ्जमा अजित भुजेलले बताउनु भयो ।

म्याद गुर्जिएका कति औषधी छन् ? म्याद भएका कति छन् ? एकै ठाँउमा छ्यासमिस भएकाले अहिले यकिन गर्न सकिन्न । पछि कागजात सहित उपस्थित भएपछि म्याद भएका र नभएका छुट्याइन्छ त्यसपछि मात्र यकित तथ्याङ्क आउछ, कति रुपियाँ बराबरको औषधी रहेछ थाहा हुन्छ, सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो ।

सन २०१७ र २०१९ मा नै म्याद गुर्जिसकेका औषधी भण्डारण गरिनु, हालसम्म म्याद गुर्जिएका औषधी नष्ट गर्ने प्रक्रिया न थाल्नु, सबै औषधी एकै स्थानमा राख्नुजस्ता कारणले औषधी गोदामलाई नै सिलबन्दी गर्नु परेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेल बताउनु हुन्छ ।