• १३ साउन २०८१, आइतबार

ठाकुर गैरे पाल्पा दुईकाे लागि एमालेबाट सिफारिस

blog

पाल्पा, भदौ २० गते । विद्यार्थी नेता एवं नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य  ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र नं २ बाट एकल उम्मेदवारमा सिफारिस हुनुभएको छ । एमालेले गैरेलाई मङ्सिर ४ गते हुने प्रतिनिधि सभाका लागि उम्मेदवार बनाएको हो । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेले जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य रहेको छ ।  क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ नारायणप्रसाद आचार्य, युवराज खनाल, शिव अर्याल, निल सारू, झपेन्द्र जिसी, कृष्ण श्रेष्ठ, सरस्वती भट्टराई र विष्णु जिसीको नाम सिफारिस भएको छ । 

आइतबार बसेको एमाले क्षेत्रीय कमिटीको बैठकले नेता गैरेलाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय कमिटीका अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो । 

क्षेत्र नं १ प्रदेशसभा (क) बाट  राजुप्रसाद श्रेष्ठ, राजेन्द्र लम्साल, देवीलाल लामिछाने र कृष्णबहादुर सारू तथा महिलातर्फ सञ्जु परियार र ईश्वरी खनाल सिफारिस हुनुभएको छ । प्रदेशसभामा (ख) बाट कृष्णप्रसाद रेग्मी, खेमबहादुर सारू, विनोदकुमार श्रेष्ठ, अर्जुन श्रेष्ठ, तुलसीराम भुसाल, विमल काफ्ले, विजय रानाभाट, ईश्वरी न्यौपाने र एकप्रसाद भण्डारी तथा महिलातर्फ उर्मिला अर्याल र कल्पना केसी सिफारिस हुनु भएको छ ।