• १२ असोज २०८१, शनिबार

कांग्रेस झापा क्षेत्र नम्बर ३ बाट सिटौला, ४ बाट थेबे सिफारिस

blog

कृष्णप्रसाद सिटौला । फाइल तस्बिर

विर्तामोड, भदौ १८ गते।  नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाको एकमात्र नाम सर्वसम्मत सिफारिस भएको छ। 

नेपाली कांग्रेस भद्रपुर नगर समितिको कार्यालयमा शुक्रबार बसेको ३ नम्बर क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ नेता सिटौलाको नाम सर्वसम्मत सिफारिस गरिएको क्षेत्रीय सभापति गणेश पोखरेलले जानकारी दिनुभयो। 

त्यस्तै बैठकले प्रतिनिधिसभा समानुपातिकतर्फ भारतेन्दुकुमार मल्लिक, सुशीला ढकाल, राजेन्द्र घिमिरे र डम्बरसिंह सिंगुको नाम सिफारिस गरेको छ।  त्यस्तै बैठकले प्रतिनिधिसभा समानुपातिकतर्फ भारतेन्दुकुमार मल्लिक, सुशीला ढकाल, राजेन्द्र घिमिरे र डम्बरसिंह सिंगुको नाम सिफारिस गरेको छ। 

त्यस्तै प्रदेश सभा सदस्य (क) बाट भूमिप्रसाद राजवंशी र प्रदेश (ख) बाट नवीन बिमली, भगीरथ पोद्दार र भरत प्रसाईंको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ। यसैगरी नेपाली कांग्रेसका झापा जिल्ला सभापति देउकुमार थेबेलाई झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसले उम्मेदवार सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको छ। 

शुक्रबार बसेको नेपाली कांग्रेसको उम्मेदवार छनौट समितिले थेबेलाई प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको क्षेत्र नम्बर ४ का नेका क्षेत्रीय सभापति जयनारायण साहले जानकारी दिनुभयो। त्यस्तै भेलाले समानुपातिकतर्फ उत्तम चम्लागाईंलाई सर्वसम्मत उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको साहले जानकारी दिनुभयो। 

त्यसैगरी क्षेत्र नं. ४ (क)मा महेश्वर दुलाल, मचिन्द्र शेर्मा, पदम रिजाल, पर्शुराम ढुंगाना, विनोद ढकाल, नारायण बजगाईं र किरण भट्टराईलाई सिफारिस गरेको छ। समानुपातिकतर्फ सूर्य नारायण ताजपुरिया, सन्तोष मेन्याङबो, अधिकचन ताजपुरिया, यादव श्रेष्ठ, भक्ति सिटौला, दिनेश्वर राजवंशी, भुपेन्द्र ढुंगाना र जेठा मुर्मूको नाम सिफरिसमा परेका छन्। महिलातर्फ जयकुमारी चेम्जोङ्ग, इन्द्रकुमारी पाण्डे, निता सिटौला, मथुरा श्रेष्ठ, चन्द्रकला कोइराला गौतमको नाम सिफरिस गरिएको नेपाली कांग्रेस क्षेत्र ४ (क) का प्रदेश सभापति विनोद ढकालले जानकारी दिनुभयो।

नेपाली कांग्रेसले झापा क्षेत्र ४ (ख)को उम्मेद्वारका लागि तीन जनाको नाम सिफारिस गरेको छ। त्यस्तै क्षेत्र ४ (ख) को प्रत्यक्ष तर्फ जीवन गिरी, एकराज उप्रेती र खड्ग कार्कीको नाम सिफारिस गरेको हो।

त्यस्तैगरी समानुपातिकमा भिम राजवंशी, टंक विश्वकर्मा, मनोजकुमार पोख्रेल र महिला सदस्यमा लक्की गणेश, कविता बस्नेतलाई सिफारिस गरिएको नेपाली कांग्रेस शिवसताक्षी नगर सभापति अशोक बस्नेतले जानकारी दिनुभयो । यसैगरी झापा क्षेत्र नम्बर १ बाट कांग्रेसले पार्टीका महामन्त्री विश्वप्रकाश शर्माको एकल निर्णय गरिसकेको छ।