• ९ मंसिर २०८१, आइतबार

निलम्बित प्रधानन्यायाधीश जबरा जवाफ दिन संसदीय समितिमा उपस्थित

blog

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा (बायाँ) आफूविरुद्ध लागेको महाअभियोगबारे बयान दिन जादैँ । तस्बिर : गोरखापत्र

काठमाडौं, भदौ १५ गते । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूविरुद्ध लागेको महाअभियोगबारे जवाफ बयान दिन सिंहदरबारस्थित संसदीय समितिमा पुग्नुभएको छ । जबरासँग  महाअभियोग सिफारिस समितिले आज जवाफ दिनका लागि पत्राचार गरेकाे थियाे । उहाँ अहिले समितिमा जवाफ  दिने क्रममा हुनुहुन्छ ।

जबरा सिंहदरबारभित्र रहेको पुरानो प्रतिनिधि सभाको मूल प्रवेशद्वार  हुँदै छिर्नुभएको थियो । उहाँलाई संसद् सचिवालयका मर्यादापालकहरुले विशेष सुरक्षा दिँदै समितिकाे बैठक कक्षमा लगेका थिए । 

महाअभियोग सिफारिस समितिको बैठक केहीबेरमा सुरु हुने बताइएको छ । गत फागुन १ गते सत्ता गठबन्धन दलका सांसदहरूले प्रधानन्यायाधीश जबरामाथि महाअभियोग दर्ता गराएपछि उहाँ स्वतः निलम्बनमा पर्नुभएको थियो ।