• १३ साउन २०८१, आइतबार

तालमा बेपत्ता भएको तीन दिनपछि शव भेटियो

blog

बेपत्ता व्यक्तिको शव निकाल्दै सशस्त्र प्रहरी ।

दिवाकर पोख्रेल

देउखुरी, भदौ ८ गते । दाङको कृत्रिम तालमा डुबेर बेपत्ता भएका युवाको शव तीन दिनपछि भेटिएको छ। 

दाङको घोराही उपमहानगरपालिका कर्जाहीमा रहेको कृृत्रिम जलासयमा घोङ्घी खोज्न गएका घोराही उप महानगरपालिका– १७ का ४० वर्षीय अम्मर चौधरीको शव बुधबार भेटिएको हो। 

सोमबार घोङ्घी टिप्न जलाशयमा डुबेका चौधरी बेपत्ता भएपछि घरपरिवार, छिमेकीले प्रहरीलाई खबर गरेका थिए। सशस्त्र प्रहरी बल भालुवाङबाट खटिएको टोलीले बुधबार शव भेला पारेको हो। 

विपद् व्यवस्थापन सम्बन्धि तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा शव भेटिएको सशस्त्र प्रहरी बल २९ नम्बर हेडक्वाटरका एसपी विनोद केसीले जानकारी दिनुभयो। पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाइने प्रहरीले बताएको छ।