• १३ साउन २०८१, आइतबार

प्रदेश सभा भवन निर्माण

blog

दिवाकर पोख्रेल

देउखुरी, भदौ ७ गते । लुम्बिनी प्रदेश सरकारले दाङमा बनाउन थालेको प्रदेश सभा भवन निर्माणको काम सम्पन्न भएको छ। रङरोगनलगायतको काम भने बाँकी रहेको छ।  प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत फेरबदलमा विवाद हुँदा भवन निर्माणमा केही समय ढिला भएको हो। 

भवनको काम सकिए पनि भित्री काम बाँकी छ। दुई वर्षअघि वाईबी इन्फ्रास्टक्चर एन्ड सप्लायर्सले निर्माण कम्पनीले निर्माण ठेक्का लिएको थियो। 

प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलका अनुसार प्रदेश सभा भवन निर्माणको ९५ प्रतिशत काम सकिएको छ। लाइट र साउन्ड सिस्टम जडान गर्न बाँकी छ,भवनको काम सकिएको छ। 

प्रदेश सभा भवन आगामी असोजसम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ। त्यतिबेलासम्म काम सकेर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने कार्यकारी अधिकृत पोखरेलले जानकारी दिनुभयो। प्रदेश सरकारले पाँच करोड २१ लाखको लागतमा भवन निर्माण गरेको हो। प्रदेश सभा भवन दाङको राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालय परिसरभित्र बनिरहेको छ।

देउखुरीमा रहेको राप्ती प्राविधिक शिक्षालयलाई गढवा गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको छ। 

उक्त स्थानमा नमुना विद्यालय निर्माणका लागि सात करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ। 

सो सभाहल सात हजार स्क्वायर फुटमा बनेको छ। भवनको भुइँतलामा प्रदेश सभा बैठक कक्ष, सभामुखको रोस्टम, मुख्यमन्त्री, विपक्षी दलका नेताको कार्यकक्ष, कर्मचारीका लागि आवश्यक कक्ष, मर्यादापालक कक्षलगायत संरचना बनेका छन्।