• १३ साउन २०८१, आइतबार

तानसेनमा भगवतीको रथयात्रा

blog

तानसेनमा भगवतीको रथयात्रा निकालिंदै । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, भदौं ४ गते । दुई सय दुई वर्ष अघिदेखि निकालिदैँआएको भगवतीको रथयात्रा तानसेनमा निकालिएको छ । पश्चिम नेपालको जितगढी किल्ला विजयी गरेको सम्झनामा तानसेनमा शनिबार दिउँसो भगवतीको भव्य रथयात्रा गरिएको हो । 

वि.स. १८७१–७२ मा नेपालको पश्चिमी भेगको तैनाथवाला कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली सेनाले अङ्ग्रेज फौजमाथि विजयी हासिल गरेको उत्सवमा रथयात्रा गर्ने प्रचलन चलेको थियो ।  

जितगढी किल्ला विजयी गरेर फर्केपछि उजिरसिंह थापाले भगवतीको महिमा र जयजयकारसहित बजारभरी भगवतीको रथ परिक्रममा गराएका थिए ।

सोही बेलादेखि हालसम्म पनि रथयात्रा भइरहेको भवगती मन्दिर व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष भीमसेन कार्कीले बताउनुभयो । रथयात्रामा हजारौं भक्तजनको सहभागिता थियो ।