• १३ असोज २०८१, आइतबार

आज श्रीकृष्ण जन्माष्टमी

blog

 काठमाडौँ, भदौ ३ गते । भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज विभिन्न कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मुलुकभरि मनाइँदै छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको छ । सन्देशमा यो पर्वले आपसी सद्‍भाव, करुणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरिएको छ । 

विश्‍वभरिका हिन्दु धर्मावलम्बीले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन रही आएको स्मरण गर्दै शुभकामना सन्देशमा उहाँले त्यसले सम्पूर्ण विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गरेको उल्लेख गर्नुभएको छ । 

उहाँले काम, क्रोध, लोभ, मोह त्याग गरी समाजमा सद्भाव कायम गर्न उत्प्रेरित गर्ने गीता ज्ञानले हामीलाई सुकर्मका लागि युगौँदेखि निरन्तर मार्गदर्शन गरिरहेको उल्लेख गर्नुभएको छ । त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना सन्देश दिँदै सम्पूर्ण हिन्दु धर्मावलम्बीका लागि आराध्यदेव भगवान् श्रीकृष्णको 

शिक्षा र सन्देश समस्त मानव समुदायका लागि अत्यन्त उपयोगी र सारगर्भिक रहेको बताउनुभएको छ ।

कृष्ण जन्माष्टमीका अवसरमा 

शुभकामना सन्देश दिँदै उहाँले कृष्णभक्तिको महिमाले समाजमा शान्ति, अहिंसा, सहिष्णुता, सद्भाव र सदाचार प्रवद्र्धन हुने उल्लेख गर्नुभएको छ ।