• १३ साउन २०८१, आइतबार

दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, छ घाइते

blog

दुर्घटनाग्रस्त जीप । तस्बिर सौजन्य : गणेश धामी

लोकेन्द्रप्रसाद जोशी

दार्चुला, भदौ १ गते । दार्चुलामा जीप दुर्घटना हुदाँ पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । शैल्यशिखर नगरपालिका –६ उल्लानीमा गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको जीप दुर्घटना भएको हो ।

गोकुलेश्वरबाट खलंगाका लागि छुटेको से १ ज ५५१ नम्बरको जीप उल्लानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जीप सडकबाट करिब २५० मिटर तल खसेको स्थानीय गणेश धामीले जानकारी दिनुभयो । दुर्घटनामा मृत्यु हुनेकाे सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते भएका ६ जनालार्ई  उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

उद्धार कार्यमा मालिकार्जुन प्रहरी चौकीको टोली र स्थानीय खटिएका छन् । दुर्घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले बताएको छ ।