• ७ जेठ २०८१, सोमबार

मर्स्याङ्दी जलविद्युत केन्द्रले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने

blog

मर्स्याङ्दी जलविद्युत केन्द्रको पावर हाउस । तस्बिरः अमरराज नहर्की

तनहुँ, साउन १४ गते । तनहुँको मर्स्याङ्दी जलविद्युत केन्द्रले पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको छ । अविरल  वर्षा तथा गर्मी बढेकोले हिमाल धेरै पग्लिएकोले नदीमा पानीको बहाव बढेपछि पूर्ण क्षमता ६९ मेगावाट विद्युत उत्पादन भएको केन्द्रले जनाएको छ । 

सुख्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाकाे पानी कम हुँदा घटेर ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेकोमा हाल पूर्ण क्षमतामा उत्पादन भएको केन्द्रका प्रमुख बद्री फूयाँलले जानकारी दिनुभयो । तीनवटा युनिटबाट २३/२३ मेगावाटका दरले  पूर्ण क्षमता अनुरुपको ६९ मेगावाट विद्युत उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो । 

मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाव बढेसँगै विद्युत उत्पादन पनि बढ्ने गरेको केन्द्रले जनाएको छ । यस केन्द्रबाट उत्पादित विद्युत चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । 

केन्द्रका अनुसार धेरै बाढी आएको बेला गेग्राङहरु थेग्राउने र काठ दाउरा निकाल्न मिल्ने गरी दुई वटा फ्लाट गेट रहेकोले हाल पूर्ण क्षमतामा नै उत्पादन भइरहेको केन्द्र प्रमुख फूयाँल बताउनुहुन्छ । गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ पनि बढी पग्लिने र वर्षा धेरै हुँदा नदीमा मिसिने अन्य खोलानालाहरु पानी धेरै हुने भएकोले नदीमा पानीको बहाव बढ्दा उत्पादन बढेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सुख्यायाममा भने हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाकाे पानी कम हुने भएकोले पानीको बहाव थोरै हुने हुँदा विद्युत उत्पादन घट्छ ।

Author

अमरराज नहर्की