शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राजन रावत
हुम्ला, फागुन २७ गते । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीलाई निमोनिया देखिएको छ। चिसो बढ्नु र धुवाँ–धुलोको कारणले सुरुमा लागेको रुघाखोकी बिग्रँदै जानुका कारण निमोनिया भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक उमाकान्त तिवारीले बताउनुभयो।
अध्यक्ष भण्डारीलाई दुई दिनदेखि अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ। चिकित्सक तिवारीका अनुसार प्रारम्भमा रुघाखोकीका कारण समस्या सुरु भएको थियो, तर अवस्था बिग्रँदा कडा खालको निमोनिया देखिएको हो।
उहाँले भन्नुभयो, “अध्यक्ष भण्डारीलाई आवश्यक उपचार दिइएको छ र अवस्था क्रमशः सुधार हुँदै गएको छ। उहाँलाई अक्सिजनसमेत प्रदान गरिएको छ। आगामी चार दिन अस्पतालमै राखेर उपचार जारी राख्ने योजना छ।”