शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
वासुदेव शर्मा
जाजरकोट, फागुन २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत जाजरकोटमा ५६.१४ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय जाजरकोटका अनुसार ३१ हजार ६५ पुरुष, ३० हजार ५६५ महिला गरि जम्मा ६१ हजार ६५७ मत खसेको हो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख रामलाल प्याकुरेलका अनुसार १४७ मतदान केन्द्रका निर्वाचन अधिकृतले दिएको प्रतिवेदनका आधारमा बताउनुभयो । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको बताउनुभयो । सबैको सहयोगले निर्वाचन सफलता पुर्वक सम्पन्न भएको छ ।
सदरमुकाम नजिक मदतान केन्द्रका मतपेटिका पुगेको टाढाका मतपेटिका सदरमुकाम तर्फ ल्याउँदै गरिएको जानकारी दिनुभयो । प्रतिनिधि सभा सदस्य निर्वाचन १ वटा क्षेत्र रहेको जाजरकोटमा एक लाख ७ हजार १९१ मतदाता रहेका थिए ।