• १८ फागुन २०८२, सोमबार

गाडीको ठक्करले स्कुटर चालकको मृत्यु

blog

राममणि दाहाल

मकवानपुर, फागुन १८ गते । हेटौँडा उपमहानगरपालिका –१० स्थित वाइपास सडकको गाडीले स्कुटरलाई ठक्कर दिएर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।  

हेटौँडास्थित –१० भुटनदेवी मोडस्थित वाइपास सडक खण्डमा सोमबार दिउँसो गाडीले स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करले स्कुटर चालक क्षितिज रायमाझीको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

बसपार्क तर्फबाट पशुपतिनगरतर्फ जादै गरेको बा.प्र.०३–००६ प २७१२ नं. को स्कुटरलाई विपरित दिशातर्फबाट आउँदै गरेको ना ४ च ६०५३ नं. को हात्तीगाडीले ठक्कर दिई दुर्घटना हुँदा घाइते भएका हेटौँडा ५ शान्तिनगरको १८ वर्षीय रायमाझीको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । 

उहाँका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएका रायमाझीलाई उपचारको लागि हेटाँैडा अस्पताल पठाइएकोमा उपचारको क्रममा दिउँसो ४ः१५ बजे डाक्टरले मृत्यु घोषणा गरेको थियो ।

दुर्घटनामा घाइतेभएका स्कुटरपछाडि सवार घाइते हेटौँडा ७ का वर्ष १९ का सङ्गम झाको अवस्था मध्यम रहेको छ । उहाँको सन्चो अस्पताल मकवानपुरमा उपचार भइरहेको छ । गाडी चालक बाराको अमलेखगञ्जका २० वर्षीय शेरचन बललाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।