नेपाल मजदुर किसान पार्टी प्रदेशसभा सदस्यमा विजयी उम्मेदवारहरू २०७९
भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (ख) मा नेपाल मजदूर किसान पार्टीका उम्मेदवार सुरेन्द्रराज गोसाइँ विजयी हुनुभएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको सभाकक्षमा बिहीबार सम्पन्न मतगणनाको अन्तिमपरिणाम अनुसार उहाँ २९ हजार ७०४ मत ल्याएर विजयी हुनुभएकामा निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेपाली कांग्रेसका पवन भुजुले तीन हजार १६१ मत प्राप्त गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टी प्रतिनिधिसभा सदस्यमा विजयी उम्मेदवारहरू २०७९
भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाका अनुसार सुवालले ४२ हजार ७६१ मत प्राप्त गर्नु भएको छ । उहाँको
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार ९६८ मत
प्राप्त गर्नु भएको हो । भक्तपुरमा २०४८ सालदेखि यस क्षेत्रमा नेमकिपा
निरन्तर विजयी भइरहेकाे छ ।