• ९ फागुन २०८२, शनिबार

धनकुटामा मतदान केन्द्र महिला कर्मचारीद्वारा सञ्चालन हुने

blog

मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटा ।

कविराज घिमिरे 

हिले, फागुन ९ गते ।आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटाको एक मतदान केन्द्रमा सबै कर्मचारी महिला खटाइने भएको छ ।

धनकुटा नगरपालिका-६ स्थित बहुउद्देश्यीय सामुदायिक भवन आँखा अस्पताल ‘क’ मतदान केन्द्रमा सबै कर्मचारी महिला खटाइन लागेको हो ।

जिल्लाका ११९ मतदान स्थलमा १६६ मतदान केन्द्र कायम गरिएका छन्।ती मध्ये यो केन्द्रमा मात्र सबै महिला कर्मचारी खटाउन लागिएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस केन्द्रमा मतदान अधिकृत इन्दिरा खड्का बुढाथोकी, सहायक मतदान अधिकृत निलुशा अधिकारी, सहायक कर्मचारी रिता पाण्डे, रमा ढुङ्गाना र अम्बिका राई खटिनुहुने छ । 

उक्त केन्द्रमा सहयोगी कर्मचारीको रूपमा सीता राई खटिनुहुने जनाइएको छ । अन्य मतदान केन्द्रमा भने मिश्रित रुपमा कर्मचारी खटाउने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र इङ्नामले जानकारी दिनुभयो ।

 धनकुटामा यो निर्वाचनमा कुल ९९६ कर्मचारी खटाउने तयारी गरिएको छ ।