• ९ फागुन २०८२, शनिबार

भेरी नदीमा युवती बेपत्ता, खोजीमा गएका पुरुष डुबेपछि उद्धार

blog

नदीमा डुबेका पुरुषलाई उपचारका लागि लैजाँदै । तस्बिरः शंकर केसी

शंकर केसी
सल्यान, फागुन ९ गते ।
पश्चिम सल्यानस्थित भेरी नदीमा एक युवती बेपत्ता भएकी छन् । बेपत्ता युवतीको खोजीमा गएका अर्का एक व्यक्ति पनि नदीमा डुबेका थिए भने उनको उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बनगाड कुपिण्डे नगरपालिका–६, सुनौलीस्थित माइतीघरमा बस्दै आएकी २१ वर्षीया पुष्पा सिंह शुक्रबार नदीमा बेपत्ता हुनुभएकाे हाे । 

सिंह दाङको तुलसीपुर उपमहानगरपालिका–६, बरुवा गाउँ निवासी ३० वर्षीय त्रिदेव मल्लकी श्रीमती हुनुहुन्छ । उहाँलाई नदीमा हाम फालेको देखेपछि खोजीका लागि गएका बनगाड कुपिण्डे नगरपालिका–१ निवासी ४२ वर्षीय जितेन्द्र शाह पनि नदीमा डुब्नुभएको थियाे ।

शाहलाई प्रहरी टोलीले उद्धार गरी उपचारका लागि पठाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता देवराज भट्टराईले जानकारी दिनुभयो । घाइते शाहलाई बनगाडस्थित नगर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सुर्खेतको मेहलकुना अस्पताल पठाइएको छ ।

उपचाररत शाहको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।