• ८ फागुन २०८२, शुक्रबार

‘निर्वाचनलाई स्वच्छ बनाउन आचारसंहिताको पालना अनिवार्य’

blog

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली विराटनगरमा आज आयोजित पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालिममा मन्तव्य व्यक्त गर्नुहुँदै । सो कार्यक्रम प्रेस काउन्सिल नेपालको सहकार्य र आन्तरिक मामिला तथा का

विराटनगर,  फागनु ८ गते । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ बनाउन सबैले अनिवार्य रूपमा आचारसंहिता पालना गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । 

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्रेस काउन्सिल नेपालको सहयोगमा आज यहाँ नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले आयोजना गरेको दुईदिने ‘पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण’ तालिमको उद्घाटन सत्रमा सरोकार भएकाहरूले त्यस कार्यमा पत्रकारको भूमिका थप महत्त्पूर्ण रहेको  बताएका हुन् ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले विशेष परिस्थितिमा हुन लागेको निर्वाचन लोकतन्त्र र संविधानको रक्षा दृष्टिले महत्त्वूर्ण रहेको भन्दै निर्वाचनको स्वच्छतामा सबै सचेत हुनुपर्ने बताउनुभयो ।

उहाँले समाजलाई कमजोर बनाउने र जनतामा भ्रम फैलाउने प्रवृत्तिविरुद्ध पत्रकारिताले योगदान गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका अन्य वक्ताहरूले भयरहित वातावरणमा मतदान गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएकाले सञ्चार माध्यम र सञ्चारकर्मीले सचेत भएर जनतालाई सुसूचित गर्नुपर्ने धारणा राखेका थिए ।

महासङ्घका अध्यक्ष भरत खड्काले दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा निर्वाचनमा थप भूमिका निर्वाह गर्न पत्रकार आचारसंहिता, निर्वाचन आचारसंहितालगायत पत्रकारले पालना गर्नुपर्ने नैतिक आचरणबारे छलफल हुने बताउनुभयो । रासस