• ८ फागुन २०८२, शुक्रबार

स्विडेनद्वारा युक्रेनलाई सन्यै सहायता घोषणा

blog

हेलसिन्की, फागुन ८ गते । स्विडेनले युक्रेनका लागि आफ्नो सैन्य सहायता प्याकेजको घोषणा गरेको छ । जसको मूल्य लगभग एक अर्ब ४० करोड अमेरिकी डलर रहेको जनाइएको छ । यसमा हवाई रक्षा, गोला बारुदक साथै कोषको ठूलो हिस्सा रहेको विज्ञप्तिमा उल्लेख छ ।

स्विडेनले मोड्युलर क्षमताले बन्दुक र मिसाइल प्रणाली, इन्टरसेप्टर, सेन्सर, इलेक्ट्रोनिक युद्ध कम्पोनेन्ट र कमान्ड-एन्ड-कन्ट्रोल प्रणालीले हवाई खतराबाट जोगाउन मद्दत गर्ने जनाएको छ । प्याकेजमा गोला बारुद, प्रशिक्षण र सम्बन्धित सहयोगका लागि लगभग ३३ करोड डलर छुट्याएकोमा ठूलो मात्रामा शेल र एयर डिफेन्स राउन्ड खरिद गरिएको छ ।

नवीन पहलमा, आर्थिक योगदान र नागरिक रक्षा, लामो दूरीको ड्रोनमा युक्रेनसँग विस्तारित सहयोग र मानव रहित जहाजहरू समावेश गर्ने परियोजनाहरूको लागि वित्तपोषण गरिएको छ । स्विडेनले आफ्नो सशस्त्र सेनाबाट केही उपकरण दान गर्ने जनाएको छ जसमा सहायक उपकरण र गोलाबारुदसहित रिकिललेस राइफल समावेश छन् भने प्रतिस्थापन खरीद र यातायातका लागि रकम उपलब्ध गराइने छ ।

स्विडेनले युक्रेनलाई सैन्य समर्थन प्याकेज प्रदान गरेको स्विडेनका रक्षामन्त्री पाल जोन्सनले सामाजिक सञ्जाल एक्स मार्फत बताउनु भएको छ । उहाँले युक्रेनको सबैभन्दा जरुरी आवश्यकता पूरा गर्न भर्खरै निर्मित हवाई रक्षा प्रणाली, लामो दूरीको क्षमता र गोला बारुदमा ध्यान केन्द्रित गरिएको बताउनुभयो । पछिल्लो प्याकेजसहित रूस–युक्रेन द्वन्द्व सुरु भए देखि युक्रेनलाई स्विडेनको सैन्य सहयोग लगभग ११ अर्ब ३० करोड डलर पुगेको जनाइएको छ ।

मस्कोले बारम्बार युक्रेनलाई पश्चिमी हतियार आपूर्तिले द्वन्द्व समाधान गर्ने प्रयासमा बाधा पुर्याको बताएको छ भने रुसी विदेशमन्त्री सेर्गेई लावरोभले युक्रेनका लागि हतियार भएको कुनै पनि कार्गो रुसी सेनाको निसाना बन्ने चेतावनी दिनु भएको छ । रासस/सिन्ह्वा