• ८ फागुन २०८२, शुक्रबार

चुरेमा अवैध उत्खनन गर्ने पाँच जना पक्राउ

blog

अविनाश चौधरी

धनगढी, फागुन ८ गते । कैलालीको चुरे क्षेत्रमा अवैध उत्खनन गरिरहेका पाँच जनालाई वनको टोलीले पक्राउ गरेको छ ।

चुरे गाउँपालिका–४ स्थित अँधेरी खोलामा अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरिरहेको अवस्थाबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा विभिन्न उपकरण चलाउने व्यक्ति रहेका छन्।खोलामा अवैध उत्खनन्का लागि प्रयोग गरिएको एक भ्याकु लोडर, तीन वटा टिप्पर र एक ट्रयाक्टरलाई वन कार्यालयले नियन्त्रणमा लिएको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन एवम् स्वीकृतिबिना नदीजन्य पदार्थ उत्खनन गरिएकाले पक्राउ गरिएको डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले जानकारी दिनुभयो ।

कानुन विपरित उत्खनन गरिएकोले उनीहरूलाई पक्राउ गरिएको उहाँले उल्लेख गर्नुभयो।पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।