• ६ फागुन २०८२, बुधबार

दृष्टिविहीनताले बदलिएको सपना

blog

काठमाडौँ, फागुन ६ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा गुजरातका कलाकार अलपेस पटेलको एकल कला प्रदर्शनी भइरहेको छ । उहाँले बनाएका कला फरक  किसिमका छन् । विगत तीन दशकदेखि प्रिन्ट मेकिङ र चित्रकलामा काम गरिरनुभएका उहाँ आफ्नो कलामार्फत जीवनमा विकसित सत्य व्यक्त गर्ने तरिका निरन्तर खोजिरहनुभएको थियो । अहिले ती सत्य उहाँको कलामा झल्किएको देखिन्छ । 

२०२३ मा उहाँको दाहिने आँखाको दृष्टि अचानक गुम्यो । त्यसपछि उहाँमाथि थप चुनौती थपिए । निरन्तर हुने क्याटारेक्ट अपरेसनले सोच्दै नसोचेको अन्धकार ल्यायो । उच्च रक्तचापले गर्दा उहाँको देब्रे आँखामा समस्या भई लगभग एक महिना जति दृष्टिविहीन बन्नु प¥यो । लेखाइ, पढाइ सबै कुरामा समस्या आउन थाल्यो र त्यही समस्यासँग जुध्दै उहाँले संसारलाई एक नयाँ तरिकाबाट हेर्ने कोसिस गर्न थाल्नुभयो । चिकित्सकको सल्लाहले थप ऊर्जा प्रदान गर्दै उहाँको गुमेको आँखाको दृष्टि पुनः प्राप्त भयो । सत्यता यो थियो कि त्यस दृष्टिविहीनताको अवस्थाले नै उहाँले नसोचेको तरिकाले जीवनलाई भोग्नु परेको थियो ।

यही अनुभवलाई कलाको माध्यमबाट कसरी देखाउन सकिन्छ भन्ने साहसका साथ उहाँले विभिन्न उपाय खोज्न थाल्नुभयो । आँखाका नानी जुन विभिन्न कालखण्डमा परिवर्तन हुँदै थिए, तीनलाई नै उहाँले आफूले दैनिक बनाउने गरेको कलामा जोड्न थाल्नुभयो । जुन कलाले उहाँको भित्री हृदयलाई छोएर निस्किएको हुनाले यसमा संंवेदना, भावना, मौनता सबै मिसिएका देखिन्छन् । वुडकट प्रविधिबाट गरिएको काममा उहाँको सङ्घर्ष झल्किन्छ । उहाँका प्रत्येक कामले अन्धकारबाट उज्यालोतर्पm डो¥याइरहेको भान हुन्छ । एक कलाकारले चाह्यो भने आफ्नो सिर्जनात्मकता चाहनालाई कसरी पूरा गर्ने भन्ने कुराको उदाहरण उहाँको प्रदर्शनीले देखाउँछ । उक्त प्रदर्शनी फागुन ७ गतेसम्म चल्ने छ ।