• १६ माघ २०८२, शुक्रबार

हिउँको घुम्टोमा मुस्कुराएको छेडेदह ताल

blog

हिउँको कब्जामा रहेको प्रर्यटीय खप्तड छेडेदह ताल । तस्बिर सौजन्य : बिमल रावत

शेरबहादुर सार्की 

बाजुरा, माघ १६ गते । बाजुरामा पर्यटकीय स्थलको रुपमा चिनिँदै आएको खप्तड छेडेदह गाउँपालिकाका वडा ४ र ७ को बीचमा पर्ने छेडेदह ताल अहिले केही दिन यता हिउँको कब्जामा परेको छ । 

प्रकृतिको उपहार रहेको यो लात आफैमा निकै सौन्दर्यता छ । त्यसैमा यती बेला यहाँ परेको बाक्लो हिमपातको कब्जामा परेपछि झनै मुस्कुराई रहेको छ । यसरी मुस्कुराइरहेको यो तालले यती बेला पछिल्लो यहाँका  आन्तरिक तथा बाह्य पर्यटकहरु लोभिने गरेका छन् । 

तीर्थस्थल समेत रहेको यो तालमा अहिले आन्तरिक तथा बाह्पर्यटकहरु भित्रिने क्रम निकै बढ्दै गएको छ । अहिले यहाँ आउने गरेका पर्यटकहरु तालको वरिपरि देउडा खेल्ने नाचगान गर्ने गर्दछन् । गत मङ्गलबार बेलुकी यहाँ बाक्लो हिमपात परेपछि अहिले यो ताल हिउँको कब्जामा परेको हो ।

ताल हिउँको कब्जामा परेपनि निकै मुस्कुराई रहेको छ । ताल यसरी हिउँको घेरामा परी मुस्कुराइरहेकोले यती बेला यहाँ आउने गरेका जो कोही लोभिने गरेका छन् । 

यती बेला ताल बाहिर र ताल भित्रमा समेत हिउँ देखिने गरेको छ । बाहिर हिउँको छाया भित्र तालमा पर्ने गरेकोले अहिले यो तालमा भित्र र बाहिर दुबै ठाउँमा हिउँ देखिने गरेको हो । अहिले यहाँ आउने जो कोही यो ताल हेर्दा निकै अचम्म पर्ने गरेका छन् । 

हिउँदे हिमपातले सेताम्य र वर्खाको समय यसको चारै तिरको हरियालीले यो महिमा निकै बढ्ने गरेको छ । आफैँमा निकै सौन्दर्यता देखिने यो ताल पछिल्लो समय यहाँ आउने गरेका सबैको रोजाईमा पर्ने गरेको हो । यो ताल बाजुरा देखि छिमेकी जिल्ला बझाङ्ग जाने बीच बाटोमा पर्ने गर्छ । 

बाजुराका जिल्लाको एक प्रकृतिको उपहारको रुपमा रहेको यो ताल संरक्षण तथा प्रवर्धनको पर्खाइमा छ । समयमै यो तालको संरक्षण तथा प्रवद्धन गर्ने हो भने यो तालबाट नै यहाँका स्थानीयको आर्थिक अवस्थामा समेत निकै परिवर्तन आउने स्थानीय बिमल रावतले बताउनुभयो ।

यती बेला यहाँका विभिन्न राजनीतिक दलका उम्मेदवार तथा कार्यकर्ताहरु घरदैलो चुनावी अभियानको मैदानमा छन् । यहाँका नाईना , सुदारा , ओलीगाउँ , आटीचौर, बुढावाडा , लम्गाउँ हुँदै डोगडी जाने बीच बाटोमा रहेको यो तालमा उनीहरु गाडी रोकेर यो फोटा लिने गर्छन् । यो ताल संरक्षण तथा प्रवर्धन गर्ने कार्य यती बेला आफ्नो पार्टीको पहिलो प्राथमिका रहेको उम्मेदावर बताउँछन् । 

यो ताल यहाँका स्थानीय बीच लामो समय सम्म विवादमा रहेको छ । त्यो विवाद अहिले पनि टुङ्गिएको छैन । अर्को तर्फ यो ताल केही वर्ष यता पहिरोको उच्च जोखिममा पनि छ । 

अहिले यो ताल पहिरो समेत उच्च जोखिममा रहेकोेले त्यसबाट बचाउँन सकेपछि मात्र यसको विवादित विषयको पनि टुङ्गो लाग्छ । त्यसैले अहिले यो तालको वरिपरि रहेको सबै क्षेत्रलाई सेक्टर विभाजन गर्ने गरी संरक्षण तथा प्रवर्धन कार्यलाई अगाडी बढाउने योजना रहेको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताउनुभयो ।