• १४ माघ २०८२, बुधबार

एक दशकपछि नेकपाका मतदाता आफ्नै चिन्हमा मतदान गर्दै

blog

उमेदवार, धर्मराज पौडेल, मनोनयन दर्ता गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यलय । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) माघ १४ गते ।
नेपाली कम्युनिष्ट पार्टी धनकुटाका मतदाताले १२ वर्षपछि प्रतिनिधि सभामा आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्न पाउने भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले नेपाली कम्युनिष्ट पार्टी बनेपछि हुन लागेको निर्वाचनमा नेकपाका मतदाताले आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्न पाउँने भएका हुन् ।

नेकपाको सबैभन्दा ठुलो घटक नेकपा माओवादी केन्द्र धनकुटामा २०७४ सालमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेलाई र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेशका उम्मेदवारलाई सघाएको थियो । तत्कालीन माओवादी केन्द्र यसअघिका दुई निर्वाचनमा एमाले र कांग्रेससँग पालैपालो गठबन्धन गरेको थियो । २०४९ सालमा एमालेबाट तत्कालिन जिल्ला विकास समितिको सभापति बनेका र २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा माओवादीकै हरिराज खेवासँग पराजित बनेका धर्मराज पौडेललाई उम्मेदवार बनाएर एक्लै चुनावी मैदानमा पठाको छ ।

पौडेल माधव नेपालसँगै एमालेबाट विद्रोह गरेर नेकपा एसमा लागेका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एसलगायत दल मिलेर बनेको नेकपामा पौडेल केन्द्रीय सदस्य रहनु भइएको छ । २०१७ साल असोज २४ गते धनकुटाको महालक्ष्मी नगरपालिका–२, मा जम्मनु भएका पौडेलले ग्रामीण विकास स्नातकोत्तरसम्मको अध्ययन पूरा गरिसक्नु भएको छ । २०४० देखि २०४३ सालसम्म गाउँकै विद्यालयको प्रधानाध्यापक र २०४५ देखि २०४९ सालसम्म धनकुटा बहुमुखि क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति समेत हुनु भएको थियो । यस्तै २०४९ सालमा तत्कालिन जिल्ला विकास समितिको सभापतिमा निर्वाचित भई २०५४ सालसम्म काम गर्नुभयो ।

यस्तै, २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका सुनिल बहादुर थापालाई सघाएर प्रदेश क क्षेत्रमा नेकपा एसका अर्जुन राई र प्रदेश ‘ख’ क्षेत्रमा माओवादी केन्द्रकी कुशुम कुमारी श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । यता माओवादी केन्द्र हेमराज भण्डारीले भने विद्रोह गरेर स्वतन्त्र उम्मेदवार दिनुभएको थियो । २०७९ मा गठबन्धनलाई हराउँदै प्रतिनिधि सभा र प्रदेश सभामा एमालेका उम्मेदवार विजयी बनेका थिए ।

२०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फ धनकुटामा नेकपा एमालेले २९ हजार ४ सय ७, नेपाली कांग्रेसले १८ हजार १ सय ३५, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ४ हजार ८ सय ३८, जनता समाजवादी पार्टी नेपालले ४ हजार १ सय ८२, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ हजार ९ सय ७९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले २ हजार ४ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ७ सय ९१ मत प्राप्त गरेका थिए ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पौडेलले धनकुटेली जनताको माग अनुसार नीति निर्माणका लागि आवाज उठाउन धनकुटाबाट सशक्त उपस्थिति देखाउन चुनावी मैदानमा हुमिनु भएको छ । उहाँ विकास निर्माणका लागि सरकारसँग पहुँच स्थापित तथा स्थानीय स्तरमा समन्वयको मुद्दालाई अघि सारेको बतउनुहुन्छ ।

पार्टी सरकारमा भए पनि नभए पनि पहुँच, सम्बन्ध बनाएर अथवा समन्वय गरेर बजेट र योजना ल्याउने बताउनुहुन्छ । जिल्लावासीको दुःखमा साथै रहने जनप्रतिनिधि धनकुटाका मतदाताले खोजेकाले मतदाताको चाहाना अनुसार काम गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ । जिल्लाको समष्टिगत आवधिक विकास योेजनाको नेतृत्व र तत्कालीन ३५ गाविसको आवधिक योजना बनाउन नेतृत्व गरेको हुनाले धनकुटेली जनताले आफूलाई जिताउने पौडेल बताउनुहुन्छ । पौडेल भन्नुहुन्छ, ‘‘यो जिल्लाको व्यवस्थित विकासका लागि उत्तम योजना मसँग मात्रै छ ।’’