शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राजन रावत
हुम्ला, मााघ १४ गते । हिमाली जिल्ला हुम्लामामङ्गलबार रातिबाट हुम्लामा पुनः हिमपात भएको छ । यसअघि गत शुक्रबार हिमपात भएको थियो ।
मङ्गलबार रातिबाट हुम्लामा पुनः हिमपात भएको सिमकोट गाउँपालिका–५ का स्थानीय लोकेन्द्र रावतले बताउनुभयो । गत मङ्सिर र पुस महिनामा पर्न नसकेको हिउँ माघ महिनाको दोस्रो साताबाट सुरु भएको छ ।
सदरमुकाम सिमकोटमा आधा फिट हिमपात भएको बताउँदै हिउँ पर्ने कार्य जारी रहेको उहाँले बताउनुभयो । अघिल्लो हिउँ बिलाउन नपाउदै पुनः हिमपात भएको छ । हिमपातले चिसो बढेको छ ।
जिल्लाको उच्च क्षेत्रको जमिन सेताम्मे देखिएको छ । बुधबार बिहानसम्म हल्का हिमपात भइरहेको छ । यसैबिच स्थानीय प्रशासनले हिमपातबाट सरक्षित रहन र यात्रा नगर्न जिल्लावासीका लागि सूचना प्रकाशन गर्दै सचेत रहन आग्रह गरेको छ ।