काठमाडौँ, माघ १४ गते । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ४६ पैसा र बिक्रीदर १४७ रुपियाँ ०६ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपियाँ १३ पैसा र बिक्रीदर १७४ रुपियाँ ८५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपियाँ ७६ पैसा र बिक्रीदर २०१ रुपियाँ ५८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपियाँ ९९ पैसा र बिक्रीदर १८९ रुपियाँ ७७ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपियाँ ५० पैसा र बिक्रीदर १०१ रुपियाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ ८३ पैसा र बिक्रीदर १०७ रुपियाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपियाँ ६५ पैसा र बिक्रीदर ११६ रुपियाँ १२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५४ पैसा र बिक्रीदर नौ रुपियाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ०६ पैसा र बिक्रीदर २१ रुपियाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ०६ पैसा र बिक्रीदर ३९ रुपियाँ २२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ १९ पैसा र बिक्रीदर ४० रुपियाँ ३५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ७२ पैसा र बिक्रीदर चार रुपियाँ ७४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ८८ पैसा र बिक्रीदर ४० रुपियाँ ०४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ०६ पैसा र बिक्रीदर ३७ रुपियाँ २१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १५ पैसा र बिक्रीदर १० रुपियाँ १९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ४२ पैसा र बिक्रीदर १६ रुपियाँ ४९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ३२ पैसा र बिक्रीदर २३ रुपियाँ ४१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ७७ पैसा र बिक्रीदर १८ रुपियाँ ८५ पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपियाँ १२ पैसा र बिक्रीदर ४८२ रुपियाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रुपियाँ ४६ पैसा र बिक्रीदर ३९० रुपियाँ ०५ पैसा, ओमनी रियाल एकको खरिददर ३८० रुपियाँ ४४ पैसा र बिक्रीदर ३८२ रुपियाँ रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।