• १३ माघ २०८२, मङ्गलबार

सेती नदीमा बेपत्ता भएका सप्लाङ्गी अझै फेला परेनन्

blog

तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, माघ १३ गते । तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक पुरुष तेस्रो दिन साँझ सम्म पनि फेला पर्न सकेका छैनन् ।

आइतबार दिउँसो जाल हान्ने क्रममा चिप्लिएर खोलाको भुमरीमा परी बेपत्ता भएका भीमाद नगरपालिका–५ आँमडाँडा तुतुवा निवासी ४४ वर्षीय टेकबहादुर सप्लाङ्गीको अवस्था अझै अज्ञात रहेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले मङ्गलबार साँझ सम्मको खोजी कार्यबाट पनि कुनै सफलता प्राप्त नभएको जानकारी दिनुभयो। 

बिकले भन्नुभयो “आइतबार घटना हुनेबित्तिकै स्थानीयले खोजतलास गरेका थिए प्रहरीमा खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमादबाट प्रहरी टोली खटाइएको थियो तर हाल सम्म फेला पार्न सकिएको छैन ।’’

प्रहरीका अनुसार सप्लाङ्गी नदीमा माछा मार्नका लागि जाल हान्ने क्रममा अचानक सन्तुलन गुमाउँदा दहको भुमरीमा पर्नुभएको थियो । घटनास्थल र आसपासका क्षेत्रमा प्रहरी र स्थानीय बासिन्दाले खोजी कार्यलाई जारी राखेका छन् ।