• १३ माघ २०८२, मङ्गलबार

राष्ट्रिय लिग : आर्मी र लालीगुराँसको बराबरी

blog

बल खोस्ने प्रयास गर्दै आर्मी र लालीगुराँसका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, माघ १३ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लब र लालीगुराँस एसोसिएसनले एन्फा राष्ट्रिय लिगमा बराबरी खेलेको छ । 

सातदोवाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा आर्मी र लालीगुराँसले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो । 

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर गुमाएका थिए । बराबरीसँगै शीर्षस्थानमा रहेको लालीगुराँसको १० अङ्क छ । आर्मीले पाँच अङ्क बनाएको छ । 

लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ वटा ‘ए’ डिभिजनसहित मोफसलका लालीगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउने छ ।