• १३ माघ २०८२, मङ्गलबार

स्याङ्जामा निर्वाचनका लागि शान्ति सुरक्षा सक्रियता

blog

अति संवेदनशील केन्द्रमा अनुगमन । तस्बिर सौजन्य : जिल्ला प्रशासन कार्यालय ।

अर्जुन काफ्ले

स्याङ्जा, माघ १३ गते । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिदै गर्दा जिल्ला सुरक्षा समिति तथा जिल्ला निर्वाचन समितिको टोलीले सक्रियता बढाएको छ । शान्तिपूर्ण, भयरहित र निपक्ष ढङ्गले निर्वाचन गर्ने उदेश्यले समितिले पहिलो चरणमा यहाँका अति संवेदनशील डेढ दर्तन मतदान स्थलेको अनुगमन गरेको हो । 

सबै केन्द्रमा पुगेपनि अति संवेदनशील केन्द्रलाई पहिलो प्राथमिकता दिएको प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेले बताउनुभयो । १९९ स्थल र ३२२ मतदात केन्द्र रहेको यहाँ ५६ अति संवेदनशील, ७१ संवेदनशील र ७२ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । 

दुबै समितिका सदस्यहरुको टोलीले स्थानीय, राजनीतिक दलसँग छलफल गरेर निर्वाचनमा कसरी अगाडि बढ्ने तयारी गरेको हो । अबको एक हप्तामा यहाँ सबै केन्द्रमा पुगेर शान्ति सुरक्षाको तयारी गर्ने बताउँदै एसपी न्यौपानेले मतदाताले निसंकोच मतदान गर्न पाउने बताउनुभयो । 

शान्ति सुरक्षाको लागि कुनै कमी नराख्ने बताउदै प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले विगतमा जे जस्तो भएपनि यो पटक नहुने बताउनुभयो । दुई निर्वाचन क्षेत्र रहेको यहाँ पुरुष एक लाख २२ हजार ४६४, महिला एक लाख २६ हजार ३५१ र अन्य समूहका एक जना मतदाता गरेर दुई लाख ४८ हजार ८१६ ले मतदाता रहेका छन् भने 

यहाँ क्षेत्र नं –१ मा एक लाख ३० हजार ८८६ र क्षेत्र नं –२ मा एक लाख १७ हजार ९३० जना मतदात रहेका छन् ।