• १३ माघ २०८२, मङ्गलबार

टी–२० विश्वकप : वेष्ट इन्डिज टोलीको घोषणा

blog

काठमाडौँ, माघ १३ गते । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपका लागि वेष्ट इन्डिजले खेलाडी टोलीको घोषणा गरेको छ । 

वेष्ट इन्डिजले शाइ होपको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । टोलीमा होपसँगै शिमरोन हेटमायर, जान्सन चाल्र्स, ब्रैन्डन किङ, रोस्टन चेज, जेसन होल्डर, रोवमन पावेल, शेरफन रदरफोर्ड, रोमारियो शेफर्ड, क्वैटिन सैम्प्सन, अकिल हुसैन, गुडाकेश मोटी, शमार जोसेफ, जैडन सिल्स र म्याथ्यु फोर्ड हुनुहुन्छ । 

यस्तै विश्वकपका लागि स्कटल्यान्डले पनि रिची बेरिङटनको कप्तानीमा खेलाडी टोलीको घोषणा गरेको छ । टोलीमा टम ब्रुस, म्याथ्यु क्रस, ब्राडली करी, ओली डेभिडसन, क्रिस ग्रिभ्स, जैनुल्लाह इहसान, माइकल जोन्स, माइकल लिस्क, फिन्ले म्याकक्रेथ, ब्रान्डन म्याकमुलन, जर्ज मन्से, शफिया शरीफ, मार्क वाट र ब्राडली ह्‍वील हुनुहुन्छ । 

विश्वकपमा वेष्ट इन्डिज र स्कटल्यान्ड समूह ‘सी’ मा छ । यस समूहमा नेपाल, इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली छ । वेस्ट इन्डिजले पहिलो कोलकत्तामा स्कटल्यान्डसँग खेल्नेछ ।