काठमाडौँ, माघ ६ गते । तामाङ समुदायका कलाकारले टुँडिखेलमा आयोजित सोनाम ल्होसार महोत्सवमा सोमबार ऐतिहासिक, धार्मिक र जीवनशैलीसँग जोडिएका मौलिक नृत्य प्रस्तुत गरेका छन् । राष्ट्रिय सोनाम ल्होछार २८६२ ता ल्हो (घोडा वर्ग) ल्होसार मूल समारोह समितिद्वारा आयोजित कार्यव्रmममा नुवाकोट जिल्लाको किस्पाङ गाउँमा संरक्षित युद्धकलामा आधारित ऐतिहासिक घोडचढी नृत्यको निकै आकर्षक र ऊर्जावान् प्रस्तुतिले सबैको ध्यानाकर्षण गरेको थियो ।
किस्पाङका तामाङ कलाकारले तामाङ वेशभूषासहित हातमा हतियारका प्रतीकात्मक सामग्री खुँडा, तरबार, धुनषवाण बोकेर, सैनिकको टोपीमा अनुहारमा कालो, रातो, पहँेलो रङ पोतेर ऊर्जाशील ढङ्गले युद्धको गाथा गाउँदै गरेको प्रस्तुतिले दर्शक मन्त्रमुग्ध भएका थिए । गोपाल लामाले यस्तो ऐतिहासिक नाचलाई किस्पाङ गाउँवासीले आजसम्म जोगाएर राख्नु, सार्वजनिक मञ्चमा प्रस्तुत गरेको देख्दा नेपाल एकीकरणका सिलसिलामा तामाङ समुदायले आफ्नो राज्य, भूमि जोगाउन देखाएको साहसलाई पुनः सम्झाएको विचार व्यक्त गर्नुभयो । लामा गुरुहरूले नयाँ अन्न देवतालाई समर्पण गर्दै आगामी दिन राम्रो होस् भनी गरिएको पूजापछि बोन्बो गुरुहरूले पञ्चतŒवको आह्वान गर्दै मन्त्र उच्चारण गरी नृत्य गर्दा टुँडिखेलमा सहभागी दर्शकले जोडले ताली बजाएका थिए । तामाङ समुदायमा अभ्यास हुँदै आएका बोन परम्परामा बोन्बोको महŒव अझै उच्च मानिन्छ ।
बोन्बोले सार्वजनिक रूपमा सहभागी भएर बोन्बो वेशभूषामा सजिएर नृत्य प्रस्तुत गरी नयाँ वर्ष सोनाम ल्होसारलाई स्वागत गर्ने परम्परा छ । त्यसै गरी समुदायमा गुरुको भूमिका निर्वाह गर्ने ताम्बा समूहले पनि सबैको उन्नति, प्रगतिको कामनासहित पूजा, प्रार्थनामा सहभागी भएर समुदायको महŒवपूर्ण अङ्गको भूमिका निर्वाह गरेको थियो । नेपाल समुदायको जातिय संस्था नेपाल तामाङ घेदुङमा लामा, बोन्बो र ताम्बा गुरु आबद्ध भएर आआफ्नो भूमिकामा काम गर्दै आउनुभएको छ ।
ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चव्रmका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधि अनुसार यो पर्व मनाउने गरिन्छ । तामाङ समुदायमा मुसा, गाई, बाघ, खरायो, ड्र्यागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वटा वर्गको गणना गर्ने परम्परा रहेको छ । ल्होसार कार्यव्रmममा तामाङ समुदायका इतिहास, साहित्यलगायत विभिन्न विषयमा लेखिएका पुस्तक, तामाङ वेशभूषा र खानाका परिकारका स्टल पनि राखिएको थियो ।