१. राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै प्रकाशित गरेको प्रतिवेदन अनुसार सबैभन्दा बढी गरिबीको दर रहेको प्रदेश कुन हो ?
सुदूरपश्चिम प्रदेश (३४.१६ प्रतिशत)
– प्रदेशगत रूपमा सबैभन्दा कम गरिबीको दर गण्डकी प्रदेशमा (११.८८ प्रतिशत),
– नेपालमा २०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि,
– देशभर कुल गरिब सङ्ख्या ६२ लाख ३६ हजार १४५
– जिल्लागत रूपमा सबैभन्दा बढी गरिबीको दर अछाम जिल्लामा (४९.५८ प्रतिशत),
– जिल्लागत रूपमा सबैभन्दा कम गरिबीको दर कास्की जिल्लामा (६.६३ प्रतिशत),
– स्थानीय तहमा गरिबीको दर न्यूनतम १.१८ प्रतिशतदेखि अधिकतम ७७.८९ प्रतिशतसम्म रहेको,
– स्थानीय तहमा सबैभन्दा बढी गरिबीको दर जाजरकोटको जुनिचाँदे गाउँपालिकामा (७७.८९ प्रतिशत),
– स्थानीय तहमा सबैभन्दा कम गरिबीको दर मुस्ताङको घरपझोङ गाउँपालिकामा (१.१८ प्रतिशत),
– काठमाडौँ महानगरमा गरिब जनसङ्ख्या ः ५९,२१८ (६.८७ प्रतिशत)
– सहरी क्षेत्रमा १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत गरिबीको रेखामुनि,
– ३४ जिल्लाको गरिबी दर राष्ट्रिय औसतभन्दा कम र ४३ जिल्लाको गरिबी दर राष्ट्रिय औसतभन्दा बढी,
– स्थानीय तहस्तरको विश्लेषणमा ३०९ वटा स्थानीय तहको गरिबीको दर राष्ट्रिय औसत २०.२७ प्रतिशतभन्दा कम र ४४४ वटा स्थानीय तहको गरिबीको दर राष्ट्रिय औसतभन्दा बढी रहेको,
– नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी रहेको,
– यस पटक गरिबी मापनका लागि प्रतिव्यक्ति वार्षिक ७२,९०८ रुपियाँको नयाँ गरिबीको रेखा निर्धारण गरिएको । यसअघि २०६६÷६७ मा गरिबीको रेखा १९,२६१ रुपियाँ निर्धारण गरिएको थियो ।
२. नेपालको दोस्रो स्याटेलाइट–मुनाल कहिले प्रक्षेपण गरियो ?
विसं २०८२ पुस २८ (सन् २०२६ जनवरी १२)
– प्रक्षेपण स्थान ः सतीश धवन अन्तरिक्ष केन्द्र, श्रीहरिकोटा, भारत
– प्रयोग ः बिरुवाहरूको अनुगमन, घरेलु प्रविधिको परीक्षण र एआई– सञ्चालित डेटाको प्रशोधन
– नेपालको पहिलो भू–उपग्रह ः नेपाली स्याट १
– प्रक्षेपण ः विसं २०७६ वैशाख ५
– पहिलो स्याटेलाइट पृथ्वीमा फिर्ता ः विसं २०७८
असोज १८
३. नेपालमा प्रथम भक्का उत्सव कहिले मनाइयो ?
विसं २०८२ पुस २७
– स्थान ः मेचीनगर–७ (झापा)
– आयोजक ः राजवंशी समाज विकास समिति, मेचीनगर
– चामलको पिठोबाट पानीको बाफमा पकाइने भक्का स्वादिलो एवं पोसिलो हुन्छ ।
– जिल्ला भर राजवंशी समुदायले विगत ९ वर्षदेखि पुस २९ गते भक्का दिवस मनाउँदै आएका ।
४. संयुक्त राष्ट्रसङ्घले सन् २०४० सम्म प्लास्टिकजन्य प्रदूषण कति प्रतिशत कटौती हुने आकलन गरेको छ ?
८० प्रतिशत
५. नेपालमा हाल चरा प्रजातिको सङ्ख्या कति पुगेको छ ?
९०३
– ९०३ औँ चरा ः रातोकण्ठे डुबुल्की (रेड नेक्ड ग्रेब)
– वैज्ञानिक नाम ः पोडिसेप्स÷ग्राइसजिना
– सुर्खेतको बुलबुल ताल क्षेत्रमा सो चरा फेला (विसं २०८२ असोज २९) परेको ।
– पुष्टि गर्ने संस्था ः नेपाल पन्छी संरक्षण सङ्घ र राष्ट्रिय अन्तर्राष्ट्रिय चराविद् ।
– चराविद् सुगम गुरागाईं र सुस्मिता चौधरीले सो प्रजातिको चरा पत्ता लगाएका ।
६. विश्वका सातै महाद्वीपका अग्ला हिमाल (सेभेन समिट) को सफल आरोहण गरी कीर्तिमान कायम गर्ने डबल एभब नी आरोही को हुन् ?
हरि बुढामगर
– बुढामगर विश्वका सातै महाद्वीपका अग्ला हिमाल (सेभेन समिट) पूरा गर्ने पहिलो ‘डबल एभब नी’ (दुवै खुट्टा घुँडा माथिबाट काटिएको अवस्था)
आरोही बनेका ।
– सन् २०२६ जनवरी ६ को राति १० बजे उनले अन्टार्कटिका स्थित ४,८९२ मिटर उचाइको अग्लो शिखरमा पाइला टेकेका ।
– अन्टार्कटिकाको माइनस २५ डिग्री सेल्सियसको अत्यधिक कठ्याङ्ग्रिँदो चिसो, हावा र हिउँको ठाडो भिरलाई कृत्रिम खुट्टाको सहायताले परास्त गर्दै उनी कीर्तिमानी आरोही बनेका ।
– बुढामगरले यसअघि ६ महादेशका सबै अग्ला शिखर आरोहण गरेका ।
– उनले डेनाली र कार्सटेन्ज पिरामिडको टुप्पोमा पुग्ने दुवै खुट्टा नभएका व्यक्तिमा पहिलो बनेर आरोहणको अर्को इतिहास पनि रचेका ।
७. आइएसओ ९००१ः २०१५ को प्रमाण पत्र प्राप्त गर्न सफल नेपालको केवलकार कम्पनी कुन हो ?
प्रभु केवलकार एन्ड टुरिजम लिमिटेड
– कम्पनीलाई अमेरिकास्थित गुणस्तर मापदण्ड रेजिस्टेकले सो प्रमाणपत्र प्रदान गरेको ।
८. राष्ट्रिय रेसम सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
विसं २०८२ पुस २६, काठमाडौँ
– सम्मेलनले नेपालमा रेशम उद्योगलाई रणनीतिक, उच्च मूल्य भएको र दिगो राष्ट्रिय क्षेत्रको रूपमा पुनस्र्थापना गर्ने लक्ष्य राखेको ।
– सम्मेलनमा सरकार, निजी क्षेत्र, बैङ्क, लगानीकर्ता, गैरआवासीय नेपाली, किसान र उद्यमीहरू
उपस्थिति रहेका ।
– उक्त खेतीका लागि तराई क्षेत्रमा १००–७५० मिटर र पहाडमा ७५०–१,५०० मिटर उचाइमा अवस्थित भूभाग उपयुक्त मानिने ।
९. एफएटिएफ÷इन्टरनेसनल कोअपरेसन रिभियु ग्रुप मिटिङ हालै कहाँ सम्पन्न भएको हो ?
बैङ्कक, थाइल्यान्ड (सन् २०२६ जनवरी ६)
– नेपाली प्रतिनिधिमण्डलको नेतृत्वः गभर्नर
विश्वनाथ पौडेल
– के सँग सम्बन्धितः सम्पत्ति शुद्धीकरण
– नेपाल सम्पति शुद्धीकरणको ग्रे लिस्टमा परेकोः २०८१ फाल्गुन ९ (२०२५ फेब्रुअरी २१)
– यस अघि सन् २०११ म पनि ‘ग्रे लिस्ट’ मा परेर नेपाल २०१४ मा बाहिरिएको थियो ।
१०. बङ्गलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन कहिले भएको हो ?
सन् २०२५ डिसेम्बर ३० (८० वर्षको उमेरमा)
– खालिदा जिया सन् १९९१ देखि १९९६ सम्म र सन् २००१ देखि २००६ सम्म गरी दुई पटक बङ्गलादेशको प्रधानमन्त्री बनेकी ।
– उनी सन् १९८१ मा बङ्गलादेशको राष्ट्रपति बनेका जियाउर रहमानकी पत्नी थिइन् ।
११. दरबार हाइस्कुलको पहिलो महिला प्रधानाध्यापक को हुन् ?
शारदा कुमारी पौडेल
– नियुक्त ः विसं २०८२ मङ्सिर ४ गते
– पहिलो प्रधानाध्यापक ः मिस्टर कयानिङ
– पहिलो नेपाली प्रधानाध्यापक ः रुद्रराज पाण्डे
– दरबार स्कुलको स्थापना ः विसं १९१०
१२. संयुक्त राष्ट्रसङ्घद्वारा कुन दिनलाई महामारी तयारी दिनका रूपमा मनाउने निर्णय गरियो ?
डिसेम्बर २७
१३. नेपालमा पहिलो पटक न्युक्लियर मेडिसिन सेवाको सुरुवात कहिलेदेखि भएको हो ?
विसं २०७७ पुस ६
१४. ‘विश्वशान्तिको भविष्य सम्झौता र सन्धिहरूमा निर्भर छैन, मानिसको आफ्नै मनमस्तिष्कमा निर्भर छ’ भन्ने विद्वान् को हुन् ?
जयपृथ्वीबहादुर सिंह
१५. नेपालकै पहिलो मत्स्य अभयारण्य घोषित स्थान कुन हो ?
कर्णाली नदीको शक्तिघाट क्षेत्र (बर्दिया र कैलालीको बिच)
– राजापुर नगरपालिका र टीकापुर नगरपालिकाद्वारा शक्तिघाट पुल वरिपरि करिब चार वर्गकिलोमिटर क्षेत्रलाई मत्स्य अभयारण्य क्षेत्र घोषणा गरिएको ।
– तोकिएको क्षेत्रभित्र माछा मार्न जाल थाप्न नपाइने, आसपासका क्षेत्रमा पनि प्रजनन समयभन्दा बाहेकको समयमा महाजाल, विषादी, करेन्ट र विस्फोटक पदार्थको प्रयोग नगरी माछा मार्न पाइने जनाइएको ।
– माछा संरक्षणका एवं सांस्कृतिक जगेर्नाका लागि मत्स्य अभयारण्य क्षेत्र घोषणा गरिएको ।
– नेपालमै पहिलो पटक घोषणा गरिएको सो क्षेत्र डल्फिन, ओत र घडियाल गोही विचरण गर्ने क्षेत्रको रूपमा समेत रहेको ।
– जथाभाबी तरिकाले माछा मार्न रोकिएपछि माछासँगै अरू जलचरको पनि संरक्षण हुने भएको ।
१६. २२ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८२ मा वर्षका उत्कृष्ट खेलाडी को–को घोषित भए ?
पुरुषतर्पm ः दीपेन्द्रसिंह ऐरी (व्रिmकेट) र महिलातर्पm ः एरिका गुरुङ (कराँते)
– अवार्ड विजेता
– उत्कृष्ट पुरुष खेलाडी ः दीपेन्द्रसिंह ऐरी (व्रिmकेट)
– उत्कृष्ट महिला खेलाडी ः एरिका गुरुङ (कराँते)
– ट्रेलब्लेजर खेलाडी ः पलेसा गोवर्धन (पारा तेकवान्दो)
– लाइफटाइम अचिभमेन्ट अवार्ड ः खड्ग रानाभाट
– पिपुल्स च्वाइस ः हिमाल सुनारी (भलिबल)
– उत्कृष्ट प्रशिक्षक ः कविराज नेगी लामा (पारा तेक्वान्दो)
– उत्कृष्ट पारा खेलाडी ः प्रभा आङ्देम्बे (पारा एथ्लेटिक्स)
– स्पेसल अवार्ड ः तुलसी गुरुङ (तेक्वान्दो)
– उत्कृष्ट युवा खेलाडी ः पूजा महतो (व्रिmकेट)
– उत्कृष्ट टोली ः खो–खो टोली (महिला÷पुरुष)
– एसियन स्पोर्टस् जर्नालिस्ट ः मोहमद हसन –बङ्गलादेश)
१७. सुदूरपश्चिम प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चित घोषित जिल्ला कुन हो ?
डोटी
१८. कृषि तथा वन क्षेत्रको रूपान्तरण गर्न तर्जुमा गरिएको कन्ट्री प्रोग्रामिङ फ्रेमवर्कको अवधि कुन हो ?
सन् २०२३–२०२७
१९. मानव जातिको भावी पुस्तामा सुधार ल्याउने उद्देश्यका साथ विकसित गरिएको जेनेटिक्स इन्जिनियरिङलाई के भनी चिनिन्छ ?
युजेनिक्स
२०. नेपाल टेलिकमद्वारा ईसीमको सुरुवात कहिलेदेखि गरिएको हो ?
विसं २०७९ भदौ ३१
२१. अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
– सन् २०२६ जनवरी ५–६, नालन्दा खुला विश्वविद्यालय, भारत
– मातृभाषा संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका सम्बन्धमा सम्मेलन केन्द्रित रहेको ।
प्रस्तुतकर्ता : टङ्क केसी