• २९ पुस २०८२, मङ्गलबार

सौका तथा राउटे जाति

blog

सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लाको उत्तरमा रहेको ब्याँस क्षेत्रमा बसोबास गर्ने अल्पसङ्ख््यक  समुदायलाई ब्याँसी भनिन्छ । लिपुलेकबाट पूर्व तिङ्कर र तिङ्करबाट दक्षिण राप्लासम्मको क्षेत्रका आदिवासी समुदाय आफूलाई ब्याँसी वा सौका पनि भन्छन् । सीमापारि भारतमा यो समुदायलाई भोटे र रं भनिन्छ । ब्याँसीहरू दार्चुला जिल्ला ब्याँस गाउँपालिकाको तिङ्कर, छाङ्रु, राप्ला र अपि हिमाल गाउँपालिकाको सितोलाका मूल बासिन्दा भए पनि सदरमुकाम 

खलङ्गा, कञ्चनपुरदेखि काठमाडौँसम्म बस्दै आएका छन् भने छिमेकी भारतका विभिन्न क्षेत्रमा पनी उनीहरूको बसोबास छ । 

ब्याँसीहरू बसोबास गर्ने तीन वटा उपत्यका रहेका थिए । जसमा ब्याँस उपत्यका (व्याङ्खो), बम्बा (चौदास) उपत्यका र दारमा उपत्यका पर्दछन् । हाल दारमा र बम्बा उपत्यकाहरू भारततर्फ पर्दछन् । इस्ट इन्डियासँग सम्झौता हुनुपूर्व सबै क्षेत्र पहिले जुम्ला र डोटी राज्यको अधीनमा रहेका थिए । ब्याँसीहरू आफ्नो भाषालाई रं भन्न रुचाउँछन् ।

समुदाय र भाषाको नामकरण

ब्याँसीहरूलाई स्थानीय स्तरमा सौका र उनीहरूले प्रयोग गर्ने भाषालाई शौक्या भाषा भनिन्छ । ब्याँसी आदिवासीले व्यापारको काम गर्ने भएकाले यिनीहरूलाई साहुकार भन्ने गरिएको र बिस्तारै साहुकार शब्द अपभ्रंश भई सौका भएको कुरा यस समुदायका अगुवाको भनाइ छ । ब्याँसी सौका जाति आफूलाई ‘रं’  समुदाय र ‘रं’ भाषीका रूपमा चिनाउँछन् । उनीहरू भाषालाई ‘ब्याँसी ल्वो’ र ‘रं ल्वो’ भन्छन् । नेपालमा बसोबास गर्ने ब्याँसीले भाषालाई ब्याँसी र भारतमा बसोबास गर्ने ब्याँसीले आफ्नो भाषालाई रंल्वो भन्ने गर्छन् ।

२०७८ को जनगणना अनुसार दुई हजार २५० जनसङ्ख्या मात्र भए तापनि आफ्नो काम र परिश्रमका आधारमा जिल्लामा आफ्नो स्थान स्थापित गरेको विशेष जाति हो । उनीहरूको शारीरिक बनावट मङ्गोलियन र बौद्धमार्गी जस्ता भए तापनि संस्कृति, परम्परा हिन्दुसँग प्रायः मिल्दोजुल्दो छ । 

यहाँ सौका जातिका पनि केही उपजाति छन्, जसमध्ये प्रमुख उपजाति कुटीयाल, नवीयाल, गुन्जीयाल, तिङ्करी छङ्गरियाल, ऐतवाल, बुढाथोकी, नवलच्याल, बौनाल, फिर्माल, ग्वाला, ढताल, दुलाल, सुनाल, ठकरियाल, रौतेला, रिमापाल, अनुवाल, बुद्धियाल आदि छन् ।

यिनीहरूको संस्कार परम्परा उपजाति अनुसार फरक भए पनि धेरै जसो खानपान रहनसहन भाषा भने एउटै नै हुन्छ । आफ्नो धर्म र संस्कारप्रति जातीयताको हिसाबले कट्टर हुँदाहुँदै पनि वर्तमान समयमा भने केही लचिलो भएको देखिन्छ । सम्पूर्ण जातजातिको बसाइँसराइका व्रmममा उनीहरू पनि बसाइँसराइ गरी अन्य ठाउँमा बसोबास गरेको पाइन्छ । उनीहरूले प्रत्येक गाउँमा शिव मन्दिरको स्थापना गरेका हुन्छन् । सबै जातिले शिवको र देवीको पूजा गर्छन् । पूजा गर्दा शुद्धतामा विशेष ध्यान दिएर नियमको परिपालन गर्छन् । पूजाआजा गर्दा सफा शुद्ध पोसाक लगाउने गोधन अर्क (गौमूत्र) र जललाई अलग अलग भाँडोमा राखेर हरियो दुवोले छर्कने, एवं कन्या केटीको सम्मानसाथ पूजा गर्ने परम्परा छ । नारी जातिले टाउको छोप्नुलाई शुभ मान्ने घरमा जलले भरिएको अम्खोरा कलश, गाग्रीलाई शुभ मान्ने परम्परामा दृढ निश्चित आस्थावान् जाति हो । चाडपर्व खुब रमाएर मनाउँछन् । गाउँलेलाई जम्मा गर्ने भोज खुवाउने परम्परागत मान्यता हो । उनीहरूको प्रमुख चाड घवला हो भने पितृपूजालाई पनि उत्तिकै महìव एवं श्रद्धाका साथ सम्पन्न गर्छन् । उनीहरूको पूजा सामग्री भनेको फलपूmल, अपुङ्गो (गहुँको पिठो घिउमा भुटेर गुड, नरिवलको धुलो बदाम आदि मिसाएर बनाएको) प्रसाद हुन्छ । पूजा गर्दा पुरुष जातिको सहभागिता नै हुन्छ भन्दा पनि फरक पर्ने छैन । मन्दिरहरूमा महिला जातिलाई सहभागी गराइँदैन । बलि परम्पराका अनुयायी पूजाका भाँडा भने तामाको नै प्रयोग गर्छन् । देवीदेवताको पूजा गरेको दिन अन्य कुनै काम गर्दैनन् । यो दिन माटोमा काम गर्नुलाई अशुभ मान्ने गरिन्छ । पूजामा धेरै विश्वास गर्ने, घवला पूजा गर्दा तामाको थाललाई कुमार केटाले चक्कुले बजाउने अनि मात्र पूजा आरम्भ गर्ने चलन छ । पूजाको समाप्तिमा कन्या केटी मिली पन्चैबाजा बजाई भैलो खेल्ने चलन छ । भैलो खेल्नेबेला भैलिनीहरू विशेष उत्साहका साथ रमाएका हुन्छन् । भैलीको गीत भने आफ्नै सौका भाषामा गाइन्छ । कुलदेवताको पूजाबाहेक दसैँ, तिहार, होली, माघेसङ्व्रmान्ति, कृष्णाष्टमी, ऋषितर्पणी (राखी) न्वाकी (नयाँ अन्न भिœयाउने) जस्ता हिन्दु धर्मका पर्व पनि आस्थापूर्वक मनाउने गर्छन् । 

वेशभूषामा महिलाहरू च्याङ्वाला (कम्मरमाथि च्याङ र कम्मरमुनि वाला) टाउकोमा छपुली ((जुक्ति) दुई रङको कपडाले बनाएको एक प्रकारको कपडा), खुट्टामा दोचा (रङ्गिन कपडाले बनाएको घुँडासम्को जुत्ता) लगाउने चलन छ । यो जाति आभूषणको प्रिय जाति हो । महिलाको नाकमा ठुलो दानादार पूmली, कानमा ठुल्ठुला मुन्द्री, घाँटीमा कण्ठी, चन्द्रहार, चम्पाकली, हातमा पौँजी, वाला, हातका पाँचै औँलामा औँठी लगाउँछन् । यी गहना सुन, चाँदी एवं हिरा, पन्ना, मुगाको लगाउने चलन थियो तर वर्तमान समयमा नक्कलीले पनि आफ्नो स्थान ओगटिसकेको देखिन्छ । 

पुरुष जातिको वेशभूषा भनेको माथिल्लो शरीरमा बख्खु घुँडासम्मको तल्लो शरीरमा पायजामा, खुट्टामा दोचा, टाउकोमा सेतो पगडी, कम्मरमा सेतो पटुका ढाल, तरबारले सजिएका भारतीय राजपुतले जस्तै पोसाक हुन्छ । गाउँका मान्यजन व्यक्तिले सधैँ नै टाउकोमा पगडी बाँध्ने परम्परा छ । गाउँघरमा राम्रो सहयोगका कार्य गर्ने व्यक्तिलाई सम्मानस्वरूप पगडी दिने चलन छ । उनीहरूको भाषा भने ब्याँसी (सौके) नै छ तर लिपि छैन । ब्याँसी भाषामा बुवालाई ‘बा’, आमालाई ‘ना’ बाजेलाई ‘लला’ बज्यैलाई ‘तीती’ दिदीलाई ‘ताता’ दाजुभाइलाई हया, ननु, काका, जेठोबुवालाई स्याँका, पोदवा भनी बोलाइन्छ । 

उनीहरूले संस्कारको विशेष पालना गर्ने हुनाले जन्मदेखि मृत्युसम्म आठ वटा संस्कार गर्ने चलन छ, जुन यस प्रकार छन् । जन्म, न्वारान, कर्णवेद, भूमो, छेवर, विवाह, बुढानी, मृत्यु प्रमुख संस्कार हुन्, जुन हरेक परिवारले अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ । 

भूमो भनेको बच्चा तीन महिनाको भएपछि बुच्चीमा (पिठिउँमा) बोक्ने चलन हो । समाज वा परिवारमा जुन व्यक्तिका जन्मेका बच्चा सबै जीवित हुन्छन् त्यस्ता केटाकेटीले अन्य परिवारमा जन्मिएका बच्चालाई नयाँ कपडाले बाँधेर पिठिउँमा बोक्ने काम शुभ दिन, शुभ साइतमा गरिन्छ । यो बच्चालाई बोक्ने नयाँ कपडा तासको भए अभैm राम्रो मानिन्छ । भूमो गर्दा पनि भोज गर्ने चलन छ । भोजमा सौका जाति मांसहारलाई विशेष महìव दिन्छन् । खाना खाने बेला खाना राखेको थालको चारैतिर रक्सी, अक्षता र जल छर्केर मात्र खाना खाने गर्छन् । प्रत्येक कार्यको आरम्भमा गोधन अर्क (गौमूत्र) लाई छर्केर स्थानलाई शुद्ध बनाउने मान्यता छ । छेवर भनेको बच्चाको जन्मेपछि तीन वर्ष÷पाँच वर्ष÷सात वर्षमा कपाल काट्ने चलन हो । यो कपाललाई तीर्थस्थलमा विसर्जन गरिन्छ । मानिसको मृत्यु भएको १३ दिनमा श्राद्ध गरिन्छ बुढानी संस्कार एक वर्षदेखि २० वर्षको उमेरसम्म जहिले गरे पनि हुन्छ ।  यो संस्कार गरेपछि वयस्क भन्ने बुझिने हुँदा मन्दिरमा विधिपूर्वक गरिन्छ । ब्याँसी संस्कृतिमा तीन किसिमको विवाह गरिन्छ । दाइजोप्रथा छैन तर हिजोआज अन्य जातजातिको देखासिकी गरी धेरै दाइजो दिने चलन चल्दै गएको छ । यस समाजका अगुवाले यसलाई विकृति मानेका छन् । 

यो जाति परिश्रमी, कर्तव्यनिष्ठ, लगनशील, समयको परिपालक, उद्यमी, कलाकार, हस्तकलामा निपुण, इमानदार, उत्तम किसिमको व्यापारी, मित्रतामा अथाह विश्वास गर्ने, मानवधर्मबाट ओतप्रोत भएको जाति हो । उनीहरूको बसोबास दार्चुला जिल्लाको सदरमुकाम खलङ्गाको महाकाली नगरपालिकाको बङ्गावगढ, राल्पा, सितोला, छाङ्रु, तिङ्करमा छ । उनीहरूको रहनसहन गृहनिर्माण गृह सज्जा, भोजनको व्यवस्थापन, पारिवारिक व्यवस्थापन, उत्तम किसिमको देखिन्छ । अतिथिको मानसम्मान गर्ने उनीहरूको पुख्र्यौली चलन हो । यो जातिमा लैङ्गिक विभेद नभई पुरुष र महिलामा समभाव छ ।

व्यापारमा पनि पुरुष महिला उस्तै काममा निपु्ण छन् । भारतको राजधानी दिल्लीदेखि तिब्बतको सीमाक्षेत्र तक्लाकोटसम्मका महिला एक्लै व्यापार गर्छन् भने सुदूरपश्चिमका नौ वटै जिल्ला र नेपालको राजधानी काठमाडौँमा पनि उनीहरूको व्यापार सञ्चालन गरेको पाइन्छ । उनीहरू घुम्ती व्यापारमा पनि लगनशील देखिन्छन् । घरेलु उद्योगमा ब्याँसी जातिको अग्रपङ्क्तिमा स्थान छ भन्दा दुईमत हुने छैन । ऊनको व्यापारलाई उनीहरू आफ्नो वंशावली व्यापार ठान्दछन् । हरेक घरमा गलैँचा, स्विटर, राडीपाखी, मोजा, पन्जा, मफलर, चुटुकु (कम्बल) आदिको नियमित रूपमा बुनाई हुने गर्छ । पशुपालन पनि प्रमुख व्यवसाय हो । घोडा, खच्चर, चौँरी, बाख्रा, भेडा, कुकुरपालन गर्ने चलन छ । कुकर त उनीहरूको एक प्रकारको रक्षक नै हो । प्रत्येक परिवारसँग कालो ठुलो कुकुर हुन्छ; जुन उनीहरूको व्यापारको सिलसिलामा जहाँ जाँदा पनि सँगै जान्छ, मालिकसँगै घोडा, खच्चर, चौँरी, बाख्रा, भेडा आदिको रक्षार्थ तैनाथ हुन्छ । 

सौका जातिका मानिस निजामती कर्मचारी, नेपाली सेना, प्रहरी, अन्य सङ्घसंस्थामा पनि संलग्न छन् । नेपाली सेनाका बाहिनीपति स्व. गोपालसिंह बोहरा, चिकित्सा सेवामा कार्यरत डाक्टर विशनसिंह बोहरा, नेपाल राष्ट्र बैङ्कका राजपत्राङ्कित प्रथम श्रेणीका अवकाशप्राप्त जयराम बोहरा, दूरसञ्चारका चिफइन्जिनियर गजेन्द्रसिंह बोहरा, समाजसेवी छन्नदेवी तिङ्कर, मोतिमादेवी 

तिङ्करी, कान्ति ऐतवाल, सिए पुष्कर लाल, महिला प्रशिक्षणमा केन्द्रमा राजपत्राङ्कित द्वितीय श्रेणीकी कर्मचारी गोविन्दी ऐतवाल, पञ्चायतकालमा वनमन्त्रीको पदसम्म पुग्न सफल बहादुरसिंह ऐतवाल जस्ता व्यक्तित्व यो जातिको गौरव हुन् । उहाँहरू जनसङ्ख्याको हिसाबबाट अल्पसङ्ख्यक भए पनि देशको सेवामा अहम् भूमिका निर्वाह गरेको विषय सुदूरपश्चिमका जनमानसमा छर्लङ्ङ छ । सुदूरपश्चिमको पहिचान बोकेको यो जाति आत्मस्वाभिमानी र गौरवशाली जाति हो । सिए पुष्कर लाल यो जातिकै प्रथम सिए हुनुहुन्छ । 

राउटे जाति

मानव सभ्यताको विकासको व्रmममा मानवले डुलुवा, जङ्गली आँखेट युग बाँच्दै सभ्य समाजको सिर्जना गर्न सक्षम भएको हो । प्रकृतिको प्रतिकूल अवस्थालाई जितेर सुरक्षित जीवनयापन गर्नु मानिसको पहिलो आवश्यकता हो । मानिसको आवश्यकीय आवश्यकता गाँस, बास र कपास हो । यो आवश्यकता परिपूर्ति गर्नका लागि मानिसले समाजको व्यवस्था गरेको हुनु पर्छ । यसरी समाजभन्दा बाहिर बसेर आफ्नो जीवनयापन गर्ने व्रmममा जङ्गलमै बसोबास गर्ने जाति हो राउटे । राउटे जाति देशको अन्य भागमा पनि बसोबास गर्छन् होला तर यहाँ सुदूरपश्चिम प्रदेशको केही ठाउँमा बसोबास गर्नेको विषयमा सङ्क्षिप्त परिचय पस्कने जमर्को गरिरहेकी छु ।

सुदूरपश्चिम प्रदेशको साबिकको महाकाली अञ्चलमा राउटे जाति जङ्गली अवस्थामा नै छ । हुन त अन्य जातिको पनि पहाडी र हिमाली प्रदेशमा त्यति राम्ररी व्यवस्था हुन सकेको छैन बाटो पुल नहुँदा तुइनमै जीवनको इहलीला समाप्त भएका कैयौँ उदाहरण यहाँ छन् भने अछाम, बझाङमा रजस्वला भएका बेला महिलाले ज्यान गुमाएका कैयौँ घटना पनि छर्लङ्ङ नै छन् । समग्र प्रदेशको जनजीवनको अध्ययन गर्ने हो भने त बहुसङ्ख्या मानवले मानव जीवनयापन गर्न पाएको छैन । रोग, भोक, रूढीवादी परम्परा, अन्धविश्वास, छुवाछुत वर्तमान अवस्थामा पनि ज्युँका त्युँ छ भन्दा अतियुक्ति हुने छैन । 

तर, राउटे जाति भने जङ्गली अवस्थामा नै छ । यस जातिका मानिसको ज्ञान, सिप, धारणा, सभ्यता संस्कृति, शिक्षा र स्वास्थ्यमा कुनै किसिमको खास उन्नति भएको छैन । उनीहरूको जीवनको सुनिश्चित लक्ष्य नै छैन । भौतिक, सामाजिक, सांस्कृतिक विकासका लागि सामूहिक अर्थात् सङ्गठनको आवश्यकता पर्दछ भन्ने विषय महसुस गर्न सकेको छैन । यो जनजाति दार्चुला, बैतडी, डडेलधुरा जिल्लाका जङ्गलमा विद्यमान छ । जुन वर्तमान अवस्थामा पनि जङ्गलमै डुलुवा जीवनयापन गरिरहेका छन् । ओडारमा बस्ने जङ्गली कन्दमूल खाने, आफ्नो समुदायभन्दा बाहिरको मानिस देखेमा डराउने, नयाँ ठाउँमा जान पनि नसक्ने प्रवृत्ति विद्यमान नै छ । उनीहरूको बोल्ने भाषा पनि आफ्नै छ । साङ्केतिक भाषाको प्रयोग भएको देखिन्छ । शरीरको बनावट पनि अन्य मानवका तुलनामा फरक किसिमको देखिन्छ । आपसमा नाताकुटुम्बको विकास अन्य जाति सरह भएको छैन । आपसमा आदरभाव सम्मान, परम्परागत मूल्य र मान्यता अविछिन्न रूपमा चलेको पाइँदैन । उनीहरूको बसोबासको स्थान निश्चित नभएकाले नियम, सामाजिक मूल्यमान्यतामा पनि निश्चितता छैन । लिखित दस्ताबेज नपाइँदा यस भेगका ज्येष्ठ नागरिकबाट श्रुति परम्परामा जे जानकारी छ त्यो राउटे जातिको परिचय हो । 

झन्डै सात सय वर्षअगाडि यो जाति दार्चुला जिल्लाको पहाडी भागका ओडारमा बसोबास गर्दथे । जङ्गलमा कन्दमूल र जङ्गली जनावरको मासु खोज्ने व्रmममा जहाँ पुगे त्यहीँ ओडारमा बस्ने परम्परा भएकाले परिवारको व्यवस्था एवं सम्बन्ध पनि थिएन । दार्चुलाबाट विस्तार हुँदै बैतडी, डडेलधुरा र छिमेकी राष्ट्र भारतको बालुवाकोट, लुवाघाँट, महाकाली नदीको किनाराका ओडार बस्दै आएका किंवदन्ती श्रुति परम्परामा चलिरहेका छन् । यिनीहरूमध्येकै केही समुदाय दार्चुला र बैतडीमा व्यवस्थित भएर बसेका पनि छन् । उनीहरू खेतीपातीको काम गर्ने काठको काम गर्ने र आफ्नै समुदायमा सीमित रहेका छन् । अन्य मानव समाजमा गएर काम नगर्ने, आफ्ना बालबच्चालाई आपूm जहाँ गयो त्यहीँ लैजाने, अरूको विश्वास नगर्ने चलन वर्तमान समयसम्म पनि विद्यमान छ । खाना खाँदा अरूको अगाडि नखाने, आफ्नो खानामा कन्दमूललाई बढी महìव दिने, अन्य मानिस देखेमा लुक्ने, एकान्त स्थानलाई बढी रुचाउने, चराचुरुङ्गी मार्ने पोलेर खाने, यस्ता समुदाय दार्चुला जिल्लाको केही पहाडी भेगमा, बैतडी जिल्लाको पन्ज्युका नयौमा, डडेल्धुरा जिल्लाको जोगबुडामा छन् । अन्य ठाउँका राउटे जातिभन्दा डडेलधुराका राउटे जाति वर्तमान समयमा केही निश्चित समुदायमा बसेका छन् । डडेलधुरा जिल्लाको जोगबुडा अन्तर्गत आलिताल गाउँपालिकाको आमपानी र शीर्ष गाविसको जिमरेनीमा बस्ने जाति भने स्थायी रूपमा बसोबास गर्न थालेको छ । वर्तमान समयमा यिनीहरूका लागि विद्यालयको व्यवस्था पनि गरिएको छ तर सबैलाई शिक्षाको महìव थाहा नहुँदा विद्यालय जाने बालबालिकाको सङ्ख्या न्यून थियो । दिवाखाजाको व्यवस्थाले केही आकर्षण बढाएको छ तर यिनीहरूका बच्चा दिवाखाजालाई पनि त्यति महìव दिँदैनन् । यो जाति परम्परागत काठका ठेकी, आरी, मदानी, कुर्सी, टेबुल जस्ता सामग्री बनाउन दक्ष देखिन्छ तर आफ्नो ठाउँ छाडेर कामको खोजीमा टाढा वा सहर जान चाहँदैनन् । भौतिक सुखको खोजी गर्ने चाहना नै छैन भन्दा हुन्छ । थोरै खाने कठिन जीवनयापन गर्ने तर आफ्नै कुटम्बमा बस्ने गर्छन् । नयाँ लुगा लगाउन लाज मान्ने, नयाँ मानिससँग बस्न लाज मान्ने जस्ता विषय वर्तमान समयमा पनि देखिन्छन् । 

उनीहरूको सामाजिक संस्कार पनि आफ्नै किसिमको छ जन्म, मृत्यु, विवाहको आफ्नै परम्परा छ । ईश्वरप्रति आस्था राख्दछन् । खास गरी सूर्य र अग्निको पूजा गर्छन् । नवजात शिशुको जन्म हुँदा उसलाई कन्दमूलसँग सम्बन्ध कायम गर्ने मान्यता छ । यस सम्बन्धमा भनाइ नै छ राउटेको बच्चा जन्मेमा उनले त्यो बच्चालाई लगेर तरुको लहराको छेउमा गई ‘तौडया भएइ बुबा तौडया’ अर्थात् तरुलको बिरुवा जस्तै झाङ्गिनु भनी आशीर्वाद दिने चलन छ भन्ने भनाइ श्रुति परम्परामा छ । 

बच्चालाई लुगा पनि सनपाट र भाङको रेसाबाट तयार भएको लगाउने चलन छ । बच्चाको कम्मर गोडामा पनि सनपाटकै डोरी बाँध्ने गर्छन् । अन्नप्राशनमा पनि कन्दमूललाई नै समावेश गर्छन् । प्रकृति प्रेमी र प्रकृतिका पूजक हुन् । अब बिस्तारै सरकार तथा एनजिओ र आइएनजिओको पहलमा उनीहरूको व्यवस्थापन गर्ने प्रयास भइरहेका छन् तर सुविधाको वास्ता नगर्ने जाति भएकाले आधुनिकताले छोएको छैन । अन्य समुदायसँग समावेश हुन अझै केही समय लाग्ने छ । 

सुदूरपश्चिम प्रदेशमा बसोबास गर्ने सौका जाति एवं राउटे जातिको तुलनात्मक अध्ययन गर्ने हो भने सौका जाति मेहनती, उच्च स्तरको सिप भएको व्यापारी, उद्यमी हो भने राउटे जाति अविकसित, जङ्गली अवस्थामा नै जीवन चलाइरहेको आधुनिक समाजको रहनसहन, खानपान, सुख सुविधाको कुनै असर नपरेको वा वास्ता नै नभएको जाति हो । यी दुवै जाति आफ्नो परम्परा र रहनसहनमा आआफ्नै किसिमको जीवनयापन गरिरहेका अल्पसङ्ख्यक जाति हुन् । सुदूरपश्चिम प्रदेशको जातीय गणना गर्दा उपरोक्त दुवै जातिको महìवपूर्ण स्थान छ । उनीहरूको जीवनशैली, परम्परा खोजअनुसन्धान हुन सके यस प्रदेशको अल्पसङ्ख्यक राउटे जातिको पहिचान राष्ट्रियस्तरमा हुने छ ।