ठाकुरप्रसाद आचार्य
म्याग्दी, पुस १८ गते। नेकपा (एमाले) म्याग्दीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा नेता प्रकाश पौडेलसहित ५ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ।
जिल्ला कमिटीको शुक्रबार बसेको बैठकले आकांक्षीको नाम संकलन गरी छलफल पश्चात उम्मेदवारको नामावली केन्द्रमा सिफारिस गरेको जिल्ला कमिटी सचिव थमसरा पुनले जानकारी दिनुभयो।
उहाँले दिएको जानकारी अनुसार युवा नेता पौडेलसहित केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठ,जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, मजदुर नेतृ बलादेवी राई र महिला नेतृ पशुपति शाही उम्मेदवारका रुपमा पार्टीले केन्द्रमा सिफारिस गरेको छ।
युवा नेता पौडेल यसअघि अनेरास्ववियुको महाधिवेशनमा अध्यक्षमा पराजित हुनुभएको थियो भने हालै सम्पन्न भएको पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनमा गण्डकी प्रदेशको युवा तर्फ उम्मेदवारी दिएपनि २१ मतले पराजित हुनुभयो।