काठमाडौँ, पुस २ गते । कलामा नवीनताको खोजीमा सधैँ भौँतारिने कलाकार रवीन्द्र श्रेष्ठको दैनिकी नै कला हो । कलामा प्रायः नयाँ प्रयोगका कुरालाई सर्वसाधारणमाझ ल्याउन रुचाउन हुने कलाकार श्रेष्ठले यस पटक बिल्कुलै भिन्न तरिकाको क्यानभास सर्वसाधारणमाझ पस्कन खोज्नुभएको छ । जेनजी पुस्ताको बलिदानीले देशमा के कस्ता उथलपुथल भए भन्ने त जगजाहेर नै छ ।
चित्रमा एउटा बडेमानको औँठाछापको आकृति र बिचमा एउटा रातो रेखा कोरिएको छ । कलाकार श्रेष्ठका अनुसार औँठाछापले हामी मानव सबै फरक भएको र रातो रेखाले एक र्कालाई जोडेको देखाउँछ । औँठाछाप आकृतिलाई नजिकबाट हेर्दा आन्दोलनमा सहिद भएका व्यक्तिका तस्बिर टाँसिएको देखिन्छ । त्यसैले कलाकार यो छापलाई ‘जेनजी बलिदानी छाप’ चित्र भन्न रुचाउनुहुन्छ । जेनजी ढलेकै जमिनमा उभिएर सर्वसाधारणले कलामा फूलको चित्र एवं अक्षर कोरेर सम्मान र श्रद्धा भाव व्यक्त गरेका थिए । “सहिदलाई सम्झिराख्ने यो अलि फरक तरिका हो,” श्रेष्ठले भन्नुभयो । उनीहरूमाथि फूल चढाएर होइन लेखेर । सायद यी कोरिएका यी फूलका चित्र छिटो ओइलँदैन कि ! क्यानभासको चित्रमुनि ठुलो अक्षरमा लेखिएको थियो, “आफूलाई जस्तो आउँछ त्यस्तै फूलको चित्र कोरेर श्रद्धाञ्जली दिउँ ।”
चित्र डिसेम्बर १५ मा संसद् भवन मूल गेटअगाडि १२ बजेदेखि २ बजेसम्म प्रदर्शनीमा राखिएको थियो । यही ठाउँमा राख्नुको अर्थ खुलाउँदै श्रेष्ठले भन्नुभयो, “यो ठाउँमा एउटा ठुलो भावनात्मक सम्बन्ध जोडिएको छ । मानिससँग मिलेर बनाइएको यो ‘जेनजी बलिदानी छाप’ चित्र पछि कुनै म्युजियम वा सार्वजनिक स्थानमा राखिने छ ।” रवीन्द्रले जेनजी आन्दोलनमा बलिदान दिएका व्यक्तिलाई चित्रकलामार्फत प्रस्तुत मात्रै गरर्नुभएन, त्यहाँ कला हेर्न आउनेलाई पनि त्यसमा सहभागी पनि गराउनुभयो । उहाँको चित्रकला अहिले अन्तव्रिर्mयाको माध्यम बनेको छ, जहाँ बाटो हिँड्नेलाई प्रदर्शनका व्रmममा ज्यान गुमाएका व्यक्तिको स्मृतिमा फूल कोर्न प्रेरित गर्छ । विशेष गरी जेनजी पुस्ताका युवा सडकमा उत्रिएर कलाकारसँग संवाद गरे र फूलका रेखाचित्र बनाउन थाले । उनीहरू निरन्तर आइरहे, फूल कोर्दै गए, अनि आफ्ना शब्द पनि लेख्न थाले ।