• २५ मङ्सिर २०८२, बिहिबार

सरकारी जग्गा किर्ते गरेको आरोपमा एक जना पुर्पक्षका लागि कारागार चलान

blog

जिल्ला प्रहरी कार्यालय रौतह । तस्बिर : प्रवीणकुमार शर्मा

प्रवीणकुमार शर्मा 
रौतहट, मङ्सिर २५ गते ।
सरकारी जग्गालाई नक्कली कागजातहरुको आधारमा किर्ते गरी जग्गाधनी पुर्जा बनाउन सफल एकजना प्रतिवादीलाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेकाे छ ।

कारागार चलान हुनेमा रौतहटको गुजरा नगरपालिका–४ कनकपुर टोलका ५८ वर्षीय शेख मेराजुल  रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारि प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो समेतको जाहेरीले मेराजुल समेतका प्रतिवादीले नेपाल सरकारको नाममा रहेका ११ बिघा सात कट्ठा १५ धुर जग्गा किर्ते  कागजातहरुको आधारमा लालपुर्जा खडा गरेर सो लालपुर्जाको आधारमा सम्पत्ति, मालपोत, भूमिकर रसिद र चार किला प्रमाणित गराएर फरार रहेका प्रतिबादी मेराजुललाई रौतहट प्रहरीले गएको  कात्तिक २८  गते पक्राउ गरेर अनुसन्धान सुरु गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान टुङ्ग्याएर मेराजललाई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत रौतहट जिल्ला अदालतमा पेश गर्दा निजलाई बुधबार पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएको सूचना अधिकारि वस्यालले जानकारी दिनुभयो  । उक्त सरकारी जग्गा किर्ते गरी फरार रहेका अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।