हुम्ला समाचारदाता
हुम्ला, मङ्सिर २५ गते । सोह्र दिने लैङ्गिक हिंसाविरुद्धको अभियान अन्तर्गत अन्तिम दिन आमा समूह र प्रहरीबिच देउडा नाच आयोजना गरिएको छ । लैङ्गिक हिंसाविरुद्ध आमा समूहका सदस्यलाई सव्रिmय बनाउन र चेतना फैलाउन प्रहरीले देउडा नाचमा सहभागिता जनाएको हो ।
प्रहरी र आमा समूहका महिला सदस्यले हिंसाका सबै कुरा कानुनले वर्जित गरेका कारण त्यसविरुद्ध लाग्नुपर्ने सन्देश दिने देउडा गीत गाएर नाच्नु भएको थियो । प्रहरीले यसरी सार्वजनिक कार्यव्रmममा आमा समूहका सदस्यसँग देउडा गीत पहिलो पटक गाउने कार्य गरेको हो । लैङ्गिक हिंसाविरुद्ध हुने कुनै पनि कार्य प्रहरीलाई जानकारी गराउन पनि देउडा गीतमार्फत आग्रह गरिएको थियो । महिलाले पनि गीतमार्फत त्यस्ता हिंसाजन्य अपराध गाउँघरमा भए त्यसको जानकारी गराउने प्रतिबद्धता जनाउनुभयो । स्थानीय क्षेत्री, दलित र लामा समुदायका महिला पनि एउटै लाइनमा देउडा गाउन प्रहरीसँग लाग्नुभएको थियो । प्रहरी आफ्नो बर्दीमा र महिला आफ्नो परम्परागत पोसाकमा सजिएका थिए । प्रहरी र स्थानीय महिलाबिच यो नयाँ प्रयास गरिएको हो ।