• २५ मङ्सिर २०८२, बिहिबार

युवापुस्ताको सुनौलो सपना

blog

काठमाडौँको एउटा क्याफेमा २२ वर्षीय युवती समीक्षा साथीहरूसँग बहसकै व्रmममा चिया पिउँदै छिन् । जसको काँधमा देश बोकेको सपना छ । लामो सुस्केरासँगै भन्छिन्, “देश ठिकै छ भन्नेलाई मलाई ठिक छैन जस्तो लाग्छ । म नयाँ नेपाल हेर्न चाहन्छु तर त्यो नेपाल अझै जन्मिएको छैन । हामी जन्मन नसकेको सपनाको पेटभित्र थुनिएको बच्चा जस्तै छौँ ।” म पनि नजिकको अर्को टेबलबाट सुनिरहेकी थिएँ । यो वाक्य केवल व्यक्तिगत पीडा होइन । पुस्तौँ पुस्ताबिचको सामूहिक मनोदशा हो । जेनजी विद्रोहपश्चात् अनुभव गरिरहेका निराशा हो । अवसरको देश खोज्दै भागिरहेका मानिसको मनोदशा हो । यो देश कहिले बन्छ । हरेक आन्दोलनपछि किन डर, द्वन्द्व विभाजन र अस्थिरतामा मात्र बाँच्छौँ हामी । 

अर्की साथी मञ्जरीको पनि प्रश्न केवल उसको भ्रम होइन, पूरै नेपाली जनमानसको सामूहिक मानोदशा हो । देश परिवर्तनको मोडमा छ । मन परिवर्तनको सङ्व्रmमणले ग्रसित छ । आस्थाको धरोहरको जग भूकम्पको परकम्पसँगै चर्किएको छ । मठमन्दिरको पर्खाल हल्लिएको छ । चर्किएको मन आगोको रापले पिल्सिएर गलेको छ । आँखा खोल्दा बादलले ढाके जस्तो अन्धकार छ । पाइला सार्न खोज्दा गन्तव्यविहीन मोड छ । ठिङ्ग उभिँदा जमिन भासिए जस्तो खाडल । मनभित्र असह्य वेदना र छटपटी । यही पीडालाई नै मनोवैज्ञानिक पीडा भनिन्छ होला । नयाँ नेपाल जन्माउने प्रसव पीडा सायद यस्तै हुन्छ होला । 

मनभित्रको अन्तरद्वन्द्वलाई शान्त पार्न समीक्षाले टिभी खोल्छे । स्व्रिmनमा देख्छे राजनीतिक वाक् युद्ध । मन्त्री र प्रधानमन्त्रीको कुर्सीमा बस्ने भागदौड लिगलिगकोटको दौड जस्तो दौडिएर को पहिला पुग्छ त्यही राजा । ऊ अशान्त मनको छटपटी मेटाउन टेबुलमा रहेको पत्रिका पल्टाउँछे । त्यहाँ पनि झन् धेरै छरपस्ट पार्टीहरू बिचको जुहारी र अन्तरद्वन्द्व । एउटा पार्टीले अर्को पार्टीको व्यक्तिबिचको कडा वाक् युद्ध यहाँ पनि । पार्टी फुटाउने र जोडिने होडबाजी । एउटै पार्टीबिच कुर्सी र सत्ताकै लागि व्यक्ति लक्षित शब्दवाणको अस्त्र प्रहार । जनमानसको अन्तरमनको द्वन्द्व यथावत् । जुन जोगी आए पनि कानै चिरेको नेपाली उखानको परिभाषाले जकडिएको मनोभावनाबाट ग्रसित । यो मनोवैज्ञानिक सङ्व्रmमणभित्र सिङ्गो संसार हराउँदै छ ? पुरानो राजनीति संस्कृति ओइलाउँदै मर्दै छ तर नयाँ अझै जन्मिएको छैन । प्रसव पीडाको वेदनामा छटपटाइरहे जस्तै । 

सोचाइको सागर डुबिरहेकी निराशाको सास फेर्दे बसिरहेकी निशा झस्किन्छे । ढोका बाहिरको ढकढकको आवाजसँगै साथी मनिषाको प्रवेश हुन्छ । उसले भन्छे, “अब नेतासँग आश छैन, संविधान त छ तर व्यवहारमा छैन । देश डर र अनिश्चिततामा बाँचेको छ ।” मनिषाको वाक्य एउटा सामान्य युवतीको गुनासो मात्र होइन । एक पुस्ताको मनोवैज्ञानिक प्रतिव्रिmया हो यो । नेपालमा जन्मिँदै गरेको आजको वास्तविकता राष्ट्रहित भन्दा व्यक्तिगत खेलमा व्याप्त छ । यसले नागरिकमा सामूहिक भय जन्माएको छ । समाज परिवर्तनको सबैभन्दा कठिन चरण राजनीतिक वा कानुनी रूपान्तरण होइन, यो त मनोवैज्ञानिक रूपान्तरण हो । नेपाल अहिले यही कठोर चरणमा छ । 

जेनजी आन्दोलनले नेपालमा लैङ्गिक समानता, अधिकार, चेतना, महिलाको स्वतन्त्रता र पितृसत्ताको चुनौतीलाई अझ बलियो बनाएको छ । यो सामाजिक न्यायको माग डिजिटल युगको खुलापन र तेस्रो पुस्ताको विद्रोह हो । यस्ता चुनौतीले समाजलाई मानसिक रूपमा अस्थिर र अनिश्चित बनाएको छ । समाजमा सकारात्मक र नकारात्मक दुवै असर पु¥याएको छ । हरेक आन्दोलनपछि आमजनमानसको मनोभावना त्रसित हुन्छ नै । जेनजी आन्दोलनपश्चात्को जनमानसमा गहिरो मनोवैज्ञानिक तनाव उत्पन्न भएको छ । जुन आजको समाजमा स्पष्ट देखिन्छ । 

किन जनमानस आज पनि आतङ्कित छ । यसको गहिराइ नाप्न त सकिँदैन । मानिसको आफ्नो मनको गहिराइ र अन्तरमनको जरा कहाँसम्म फैलिएको छ थाहा हुँदैन । पितृसत्ता भत्किँदै जाँदा समाजमा दृष्टिको मनोवैज्ञानिक असर पर्नु । नयाँ पुस्ता र पुरानो पुस्ताबिचको मूल्य र मान्यतामा टकराव उत्पन्न हुँदै जानु । डिजिटल प्लेट फर्ममा बढ्दो हेरेसमेन्टले महिला र पुरुष दुवैमा त्रास बढ्नु । सामाजिक, मानसिक र मनोवैज्ञानिक मुद्दा सार्वजनिक हुनु । समाजले आफू सुरक्षित नभएको मनोवैज्ञानिक निष्कर्ष निकाल्नु । राज्यप्रति नै अविश्वासको संरचनाको घेरा बढ्दै जानु । यसरी मनमा परेको चोट गाढा हुँदै जानु नै मनोवैज्ञानिक असर हो । जसको त्रास एकै पटक हट्दैन । यसको असरले फैलिएको त्रासको जराहरू उखेल्न नसक्ने गरी गाडिएको हुन्छ । परिणामस्वरूप आजको समाजको निर्माण भएको छ । 

यस आन्दोलनले समानता, आवाज र न्यायको लागि बाटो त खोल्यो । समाजमा गहिरो मनोवैज्ञानिक आतङ्कको समय भिœयायो । यो सङ्व्रmमणको समयमा आमजनमानस त्रसित, संवेदनशील र तनाव ग्रस्त देखिँदै छ । जेनजी विद्रोहले नेपालमा समानता स्वतन्त्रता र आवाजको व्रmान्तिकारी ढोका त खोल्यो तर साथमा सामाजिक संरचनामा भएको तीव्र परिवर्तनले सकारात्मक परिवर्तनसँगै अदृश्य मनोवैज्ञानिक आतङ्क पनि सिर्जना ग¥यो । यो आतङ्क केवल व्यक्तिको मात्र होइन पूरै समाजको मानसिक संरचना हल्लिने अवस्थामा पु¥यायो । यो परिवर्तनका बिचमा समाज र व्यक्तिमा गहिरो मनोवैज्ञानिक सङ्व्रmमण छ । जहाँ मानिस भए, अपराधबोध, असुरक्षा र अनिश्चिततामा बाचेका छन् । समानता र अधिकार स्थापना हुनु मात्र अन्तिम लक्ष्य होइन । मनोवैज्ञानिक शान्ति, विश्वासको पुनर्निर्माण जेनजी आन्दोलनपछिको सबैभन्दा ठुलो चुनौती हो । 

निशाले भन्छे .... । देशको दिशा कसले देखाउने । पुराना पार्टीले कि च्याउ झैँ रातारात उम्रिएका नयाँ पाटीहरूले । लगभग ८०–९० वटा पार्टी दर्ता भएका छन् । देशको मुहार फेर्न कि ... कुर्सीको मुहार फेर्न । कि शासन सत्ता मात्र हत्याउन ? आज पार्टी खोल्ने होडबाजी नै चलेको छ । कुन उद्देश्य मौलाएर हो ? किन । हिजोकै दिनमा ती व्यक्ति आआफ्नो स्थानबाट नै सुशासन दिन नसक्नेहरू आज पार्टीको नाममा सुशासन देलान् ? हिजो तिनले ओगटेको कुर्सीको आडमा त्यो अधिकार त थियो नि । खै आज नयाँ नेपाल सिर्जना गर्ने जादुको छडी छ होला र ? प्रशासनिक, सामाजिक, न्यायिक र शान्ति सुरक्षाको क्षेत्रमा अनुभव सँगालिसकेका खै त ती दिनमा परिवर्तन ? आज फेरि के चमत्कार गर्ने क्षमताले त्यो कुर्सीको मोहमा तँछाडमँछाड गरेको बुझाइ आमजनमानसको छ । अब कुन मलमले जनभावनाको कदर गर्ला ? प्रश्नैप्रश्नको ज्वारभाटा झन् बलिरहेको छ । निशाले आफ्ना मनका ज्वारभाटालाई शान्त पार्ने उद्देश्यले अन्त्यमा लेख्छे, “हामी डराउन बन्द गर्छौं । हामी समानता माग्छौँ । हामी प्रश्न गर्छौं । हामी छलकपटका राजनीति स्विकार्दैनौँ । हामी नयाँ नेपाल बनाउँछौँ ।”

यही आवाज लाखौँ युवाको आवाज हो । यही आवाज राजनीतिक सङ्व्रmमण, सामाजिक द्वन्द्व र मानसिक पीडा सबै पार गरेर जन्मिएको आवाज हो । त्यसैले मनोवैज्ञानिक सङ्व्रmमणकाल त्यो प्रसव पीडा जस्तै हो । यो जन्मिँदै छ । निशा र मन्जरी जस्ता युवा पुस्ताको नयाँ चेतनाको नेपालमा जन्म हुँदै छ । राजनीतिक अस्थिरता, मूल्य विस्थापन, लैङ्गिक व्रmान्ति, युवाविद्रोह अविश्वास र तनाव यी सबै नयाँ नेपालको जन्म अगाडिका प्रसव पीडा हुन् । सङ्व्रmमणका पीडा हुन् । परिवर्तन, सङ्घर्ष र चेतनाका प्रसव पीडाबाटै जन्मिन्छ । नेपाली समाजको मनोभूमिमा एउटा अदृश्य भूकम्पको पराकम्प चलि नै रहेको छ । मानौँ हामी सम्पूर्ण एउटा ठुलो परिवर्तनको प्रसूति कक्षमा छौँ । नयाँ नेपाल जन्माइने छ । जन्मिने बच्चा स्वस्थ्य हुन्छ कि हुँदैन ? जन्मिन्छ कि बाँच्छ ? कुनै निश्चित छैन । आफ्नो भावना व्यक्त गर्दै छे निशा । पुस्तौँपुस्ताको सामूहिक मनोदशा हो, यो जुन आमाको गर्भमा छ । जन्मिन बाँकी छ । बच्चा जन्मिनुअगाडि आमाको शरीर ताते जस्तै । मनोवैज्ञानिक डरको द्वन्द्वले देशको हरेक संरचना ताते जस्तै जनतामा अग्निडाहको वेग छ । युवाबिच जिम्मेवारीको पहाड छ । राष्ट्रका सेवकमा आत्मबलको कमी मौलाएको छ । 

अन्त्यमा, मन्जरी भन्छे – नयाँ नेपाल जन्मँदै छ तर जन्मनु घि देशले भोगिरहेको यो मनोवैज्ञानिक प्रसव पीडा सहन नागरिक, नेतृत्व, संस्था र सिङ्गो समाजले तयारी गर्नै पर्छ ।