• २५ मङ्सिर २०८२, बिहिबार

भिरबाट लडेर नाबालकको मृत्यु, आमा गम्भीर घाइते

blog

नौरते नेपाली 

सिँजा (जुम्ला), मङ्सिर २४ गते । जुम्लाको सिँजा गाउँपालिका –२ चुलेलकी २४ वर्षीया उर्जा वड दाउरा काट्नेक्रममा भिरबाट लड्दा साथमा रहेकी चार महिनाको नाबालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रविन बाबु रेग्मीका अनुसार बुधबार बिहान घरबाट करिब दुई घण्टा टाढा धोराचौर जंगलमा दाउरा काट्ने क्रममा उर्जा वड छोरा चन्द्रमल वडसहित भिरबाट लड्नुभएको थियो ।

नाबालकको ज्यान घटनास्थलमै गएको छ । घटनामा गम्भीर घाइते हुनु भएका आमालाई उहाँका नाता पर्ने अनुरुपा वडले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगेको प्रहरीले जानकारी दिएको छ। प्रतिष्ठानमा उपचाररत उर्जा वडको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।