नवराज नेपाली
बागलुङ (गलकोट), मंसिर २२ गते । काठेखोला गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अमर मावि बिहुँले जितेको छ । गत शनिबारदेखि काठेखोला गाउँपालिका –६ मा रहेको भीमसेन माध्यमिक विद्यालयमा सञ्चालित सातौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड अमर माविले हात पारेको हो ।
अमर माविले १६ स्वर्ण र ७ रजत गरी २३ पदक जित्दै रनिङ शिल्ड हात पारेको हो । लालिगुराँस बोर्डिङ स्कुल बिहुँ सबैभन्दा बढी पदक जित्नेमा दोस्रो भएको छ । लालिगुराँस बोर्डिङले ८ स्वर्ण र ३ रजत गरी ११ पदक जितेको छ । तेस्रोमा भीमसेन माध्यमिक विद्यालय बिहुँ भएको छ । भीमसेन माविले ५ स्वर्ण र ५ रजत गरी १० पदक जितेको छ।
धिमि करिना मावि पालाले १ स्वर्ण, २ रजत, जनकल्याण मावि भीमापोखाराले ३ स्वर्ण, लक्ष्मी मा।वि धम्जाले २ स्वर्ण र १ रजत गरी ३ पदक, जनता मावि धम्जाले १ स्वर्ण र १० रजत गरी ११ पदक, धारा मावि तंग्रामले १ स्वर्ण ३ रजत गरी ४ पदक, नारायणी मावि तंग्रामले ४ स्वर्ण, ४ रजत गरि ८ पदक जितेको छ ।
रेश मावि नुनथलाले ३ रजत, लेखानी मावि लेखानीले ३ स्वर्ण, ३ रजत गरी ६ पदक जितेको छ। समापनमा बोल्दै गाउँपालिका अध्यक्ष राजु थापाले विभिन्न प्रतियोगितामा सहभागी विजेता र उपविजेता बन्ने सबैलाई बधाई दिँदै यो जाँगर र हौसलालाई विद्यार्थीले निरन्तरता दिनुपर्ने बताउनुभयो । प्रतियोगिताले आगामी दिनमा विद्यार्थीमा खेल र अध्ययनप्रतिको अभिरुची बढाउन सहयोग पुग्ने बताउनुभयो ।
उहाँले प्रतिभा छनोट र विकासका लागि पालिकाले आवश्यक बजेट बिनियोजन गरेको र आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बतानुभयो ।
उहाँले पालिकाबाट छनोट भएका विद्यार्थीले जिल्ला र प्रदेश स्तरबाट पनि मेडल जित्ने आशा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कला, संस्कृति तथा खेलकुद विकास समितिका सहसंयोजक डिलबहादुर कार्कीले कला, संस्कृति तथा खेलकुद विकास समितिका संयोजक तथा प्रवक्ता टिकासंगम बिक, सहसंयोजक डिलबहादुर कार्की, मनोज कार्की लगायतले मन्तव्य राख्नुभएको थियोे ।