• १९ मङ्सिर २०८२, शुक्रबार

मानसिक सन्तुलन गुमेपछि पाँच पशुको हत्या

blog

लावतीले हत्या गरेका जनवार । तस्बिर : गोरखापत्र

राधा लुइटेल 
फिदिम, मङ्सिर १९ गते ।
पाँचथरको तुम्बेवा–३ कोप्चे सिरानटोलका रेशम लावतीले बन्चरो प्रहार गरी पाँच वटा पशुको हत्या गर्नुभएको छ ।  

उहाँको मानसिक सन्तुलन गुमेपछि यसो गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको पाँचथर प्रहरीले जनाएको छ । २४ रेशमले बिहीबार आफ्नै गोठमा गएर दुई गाई, एक बाछो, दुई बाख्रा र एक कुकुरको बच्चामा बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा एक बाछो गम्भीर घाइते भएपछि स्थानीय पशु चिकित्सकमार्फत उपचार भइरहेको छ । अन्य पाँचवटै पशुको मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय मौवाले जनाएको छ । प्रहरीले लावतीलाई परिवारको जिम्मामा उपचारका लागि धरानस्थित घोपा अस्पतालतर्फ पठाइएको जनाएको छ ।