जीवछ यादव
लहान, मङ्सिर २ गते । लहान नगरपालिका वडा नम्बर १४ मार रहेको जिल्लाको पुरानो र नाम चलेका विद्यालयहरुमध्ये श्री बस्तीपुर माध्यमिक विद्यालय बस्तीपुरको शैक्षिक अवस्था नाजुक हुन थालेको थियो । स्थानीय अभिभावकहरुको माग अनुसार त्यस विद्यालयबाट पाँच जना शिक्षकहरुको सरुवा गरेपछि त्यस मुहार फेरिन थालेको र शैक्षिक सुधार देखिन थालेको छ ।
२००४ सालमा स्थापना भएको त्यस विद्यालयमा तीन दशक अगाडि तीन हजारभन्दा बढि विद्यार्थी पढने गर्थे । पाँच सय विद्यार्थी छात्रावासमा हुन्थे । दर्जनौ विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण हुने त्यस विद्यालयमा भर्ना हुनका लागि प्रवेश परीक्षा दिइनुपदर्थ्यो ।
चन्द्ररञ्जन बराल प्रधनाध्यापकबाट अवकास पाएपछि विद्यालय लथालिङग हुँदै विद्यालयको साँख निकै खस्केपछि विद्यालय सुधारका लागि वडा नम्बर १४ का वडाध्यक्ष धनिकलाल यादवको अगुवाइमा स्थानीय अगुवाहरुले प्रधानाध्यापकसहित पाँच जना शिक्षकहरुलाई अन्यत्र सरुवा गरेर नयाँ शिक्षक ल्याएपछि केहि महिनामा नै विद्यालयको अवस्थामा निकै सुधार आउन थालेको स्थानीय अभिभावकहरुले खुसी व्यक्त गर्नुभयो ।
मङ्सिर १ गते लहान नगरपालिका शिक्षा शाखाका संयोजक समेत रहनुभएको लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले अनुगमन गरेर विद्यालय बल्ल सुधारदेखिएको भन्दै आउने शैक्षिक सत्र २०८३ देखि अंग्रेजी माध्यममा कक्षा सञ्चानल गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘स्थानीय अभिभावकहरुको माग अनुसार पाँच जना शिक्षकहरुका कारण विद्यालय द्वन्द्वमा रहन्थ्यो । द्वन्द्व बझाउने प्रधानाध्यापक देवेन्द्र प्रसाद यादवसहित पाँच जना शिक्षकहरुलाई सरुवा गरेपछि विद्यालयमा नियमित कक्षा सञ्चालन हुने थालेको छ । समाजवादी नेता स्वर्गीय प्रदिप गिरीको गाउँमा रहेको यस विद्यालयको गरीमा बढाउन पुरानो विरासत फर्काउने र नयाँ शैलिबाट व्यवस्थापन गरेर उत्कृष्ट विद्यालय बनाउन आवश्यक शिक्षक र बजेट समेत व्वयस्थापन गर्न लागेका छौँ ।’’
पाँच पाँच वर्षमा शिक्षकहरुको पालिकाअन्तर्गत नै सरुवा गर्ने प्रधानाध्यापक भर्ना निष्पक्ष तरिकारले गर्ने शिक्षण कार्यमा उत्कृष्ट नतिजा ल्याउने शिक्षकहरुलाई पुरस्कृत गर्दै जाने हो भने मात्रै सामुदायिक विद्यालयमा अपेक्षाकृत सुधार हुने स्थानीय तथा मानव अधिकारवादी राज कुमार राउतले सुझाव राख्नुभयो ।
प्रधानाध्यापक शोभानन्द चौधरीले बस्तीपुर माध्यकि विद्यालयको शैक्षिक र भौतिक दुबै सुधार गरेर आउने शैक्षिक सत्र २०८३ देखि सबैले भरोसा गर्ने लायकको विद्यालय बनाउन प्रधानाध्यापकको जिम्मेवारी पाएदेखि अहिले थालनी पात्रै गरेको बताउनुभयो । उहाँले थप्नुभयो, ‘‘सबैको सहयोगमा नमूना विद्यालय बनाउने गरी अहोरात्र विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयसँग समेत सहयोग लिएर काम सुरु गरिसकेका छौं ।’’