• २७ कात्तिक २०८२, बिहिबार

मनोरम फालेलुङ तीन सिमाना क्षेत्र (फोटो फिचर)

blog

तस्बिर : राधा लुइटेल

राधा लुइटेल 

फिदिम, कात्तिक २७ गते । हिजोआज मौसम छ्याङ्गै खुलेको छ । यो बेला पाँचथर जिल्लाको पर्यटकीय क्षेत्र फालेलुङ गाउँपालिको तीन सिमाना क्षेत्रको वातावरण निकै रमाइलो छ ।

त्यही भएर यहाँ आन्तरिक र बाह्य पर्यटकको आवागमन बढेको छ ।


समुद्री सतहदेखि ३ हजार ५ सय मिटरभन्दा उचाइमा रहेको यो ठाउँमा मौसम खुल्दा कुम्भकर्ण र कञ्चनजङ्घासँगै विश्वको सर्वोच्च शिखर सगरमाथासम्मका दृश्यावलोकन गर्न सकिन्छ । नेपाललाई भारतसँगको सीमावर्ती वेस्टबङ्गाल र सिक्किमसँग सिमाना जोडिएको हुनाले यस क्षेत्रलाई तीन सिमाना भनिएको हो ।